logo
२०८१ मंसिर १० सोमवार



तनहुँमा दुई बस ठोकिदा ४३ घाइते

पढ्नै पर्ने |


तनहुँमा दुई बस ठोकिदा ४३ घाइते


अमरराज नहकी

तनहुँ, फागुन ११ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुई वटा यात्रु बस आइतबार विहान ९ः३० बजे दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका छन् ।
मुग्लिनबाट दमौलीजाँदै गरेको ना ५ ख २८५६ र विपरित दिशाबाट जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालका अनुसार घाइतेको दमौली स्थित नेशनल एपोलो हस्पिटल १६ जना दमौली अस्पताल ३ जना र रत्नहरी अस्पतालमा २४ जनाको उपचार भईरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई दमौलीमा प्राथमिक उपचार गरी थप उपचारको चार जनाको चितवन स्थित भरतपुर अस्पताल र एक जनाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेका छ ।

थप उपचारको लागि भरतपुर उपमहानगरपालिका–३ का रघुनाथ सापकोटा, सोही उपमहानगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय रविलाल रेग्मी, सिताराम सापकोटा, वडा नम्बर १८ का ४६ वर्षिय ढकमणी महतोलाई चितवन मेडिकल कलेज र कर्णबहादुर थापा मगरलाई मणीपाल शिक्षण अस्पतालमा उपचार भईरहेको एसपी सिलवालले गोरखापत्रलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?