राजन रावत
सिमकोट फागुन १५ गते । ढिलै गरि दुई वटा गाउँपालिकाको केन्द्रमा पाठ्य पुस्तक पुगेपनि विद्यार्थीहरु किन्न भने पाएका छैनन् । गाउँ पालिकाबाट पाठ्य पुस्तक खरिदका लागि बिक्रेतालाई गाउँ पालिका मार्फत निकासा जानु पर्नेमा त्यो नगएपछि किन्न जाने विद्यार्थीहरुले पाठ्य पुस्तक नपाएका हुन ।
नेपालगंजबाट ट्रकमा आठ दिन पैदल लगाएर सर्केगार्ड र चंखेली गाउँपालिका केन्द्रमा पुस्तक पुगे पनि बिक्री हुन नपाएको ज्ञानु बुक्स एण्ड स्टेस्नरीका प्रोपाईटर दुर्पता शाहीले बताउनु भयो । ढिलै भएपनि कक्षा दुई देखि दशसम्मका दुई हजार सात सय सेट पुस्तक ढिपोमा पुगेको भए पनि गाउँपालिकाहरुले विद्यालयको खातामा दोस्रो चौमासिक निकासा नदिएको कारण उधारोको पुस्तक बिक्री नगर्ने उहाँले बताउनुभयो ।
शिक्षकहरु विद्यालयमा नपुगि सकेको कारण विद्यालय नखुलेको भएपनि पाठ्य पुस्तक किन्न विद्यार्थी र अबिभावकहरु ऋाउने गरे पनि फिर्ता जाने गर्नु भएको छ । एकातिर आफ्नो पैसा पसाएर पुस्तक खरिद तथा ढुवानी गरिएको झन त्यसमाथि पाठ्य पुस्तक उधारो दिएर फेरि कति फस्नु उहाँले प्रश्ना गर्नु भयो । उक्त बिक्रेताले दुई वटा गाउँपालिकाका लागि ५६ वटा विद्यालयका लागि चार हजार दुई सय थान पाठ्य पुस्तक माग गरेपनि जन शिक्षा सामाग्री केन्द्रबाट माग अनुसार पाठ्य पुस्तक उपलब्ध गराएको थिइन । नपुग किताबका लागि थप झण्झट गर्न बाँकी नै छ ।
र्केगार्ड गाउँपालिकाका नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले गत पुस महिनामा पाठ्य पुस्तक खरिदका लागि विद्यालयमा निकासा जानु पर्नेमा गाउँपालिकाको प्रमुख प्रशासकीयअ अधिकृत बिबादको कारण त्यतिखेर निकाया जान नपाएकोले यो समस्या उब्जिएको बताउनु भयो । कार्यालयको कामको शिलशिलामा नेपालगंज झर्नु भएका शाहीले एक दुई दिनमा आफु जिल्लामा गएर त्यो समस्या समधान गरि विद्यार्थीहरुको हातमा पाठ्य पुस्तक पुग्ने वातावरण तयार गर्ने बताउनुभयो । त्यो समस्या चंखेली गाउँपालिकाका विद्यार्थीहरुको पनि उस्तै रहेको छ । उक्त विद्यालयका शिक्षकहरु पुस महिनासम्म तलब खान पाउनु भएको थिएनन ।
कक्षा एकको पाठ्य पुस्तक अझै पुगेन
कक्षा एक देखि पाँचसम्मका पाठ्य पुस्तकको छपाईका जिम्मा पाएका नीजि छापा खानाहले अझै कक्षा एकको पाठ्य पुस्तक पूर्णरुपमा छाप्न सकेका छैनन । कक्षा एकको पाठ्य पुस्तक लिन नेपालगंज पुग्नु भएका ज्ञानु बुक्स एण्ड स्टेस्नरीका मानदेशब शाहीले कक्षा एकको अंग्रेजी बिषयको पुस्तक अझै छापि नसकेको बताउनु भयो । अधुरा किताब नलिने बताए पछि उहाँ बाँकी अरु किताब बुझ्नु भएको छैन । हुम्लाका कुनै पनि विद्यालयहरुमा कक्षा एक पाठ्य पुस्तक पुग्न सकेको छैन । यस अघि फागुन १२ गतेसम्म पुस्तक तयारी गर्ने जनाएका नीजि छापाखानाहरुले अझै केही दिन लाग्ने जनाएको जानकारी प्राप्त भएको छ ।