logo
२०८१ मंसिर १० सोमवार



वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, आजै घर पठाइने

पढ्नै पर्ने |


वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, आजै घर पठाइने
तस्विरः शेखर चौलागाई / गोरखापत्र


सरोज ढुङ्गेल

काठमाडौँ, फागुन १९ गते । चीनको वुहानबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।

खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिनुभयो ।

चीनको वुहानबाट उद्धार गरिएका नेपाली मध्ये १८ जनालाई क्वारेन्टाइनबाट आइतबार घर पठाइएको थियो । आज (सोमबार) थप १ सय ५७ जनालाई विदाई गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ५७ जना र ७ जना स्वास्थकर्मीलाई स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदाई गर्नुहुने कार्यक्रम रहेको छ । खरिपाटी क्वारेन्टाईबाट विदाईका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे कार्यक्रम स्थलमा पुगिसक्नु भएको छ ।

क्वारेन्टाइनमा रहेका संक्रमणको आशंकमा रहेका नेपाली र उपचारमा खटिएका चिकित्सको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?