logo
२०८१ मंसिर १० सोमवार



सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान

पढ्नै पर्ने |


सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान


जयकृष्ण यादव

सुनसरी, फागुन २० गते । माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा आदेश आउने बुझेपछि सिद्धबाबा भारततिर भागेका थिए ।

जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत बिराटनगर पुगेको थियो । उनलाई झुम्का कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो ।

महिला अनु्यायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गिरीलाई उच्च अदालत विराटनगरले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने आदेश सुनाएको थियो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले उच्च अदालत विराटनगरको आदेश कार्यान्वयन गराउन उहाँलाई झुम्का क्षेत्रीय कारागार आजै चलान गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?