logo
२०८२ असार २ सोमवार



हजारौं शुभेच्छुकद्वारा प्रमकाे शल्यक्रिया सफलताको कामना

पढ्नै पर्ने |


हजारौं शुभेच्छुकद्वारा  प्रमकाे  शल्यक्रिया सफलताको  कामना


गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २१ गते । राष्ट्रको आवश्यकता केपी शर्मा ओली भएको भन्दै नेशनल कलेज अफ हस्पिटालिटीका विष्णुहरि दाहाल लेख्नुहुन्छ ‘मुर्झाएका सपनाहरुमा जल सेचन गरिदिने, राष्ट्रियता र सम्बृद्धिको सपनाको सुत्रधार सम्माननीय प्रधानमन्त्री ज्यू तपाँई हुनुहुन्छ र त आशा छ, आशालाई भरोसामा बदल्नु छ । सफल शल्यक्रियाको कामना’ दाहालले मात्रै हैन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको शुभकामना सामान्य नागरिक देखि उच्च पदस्थ व्यक्तित्वहरुले उहाँको स्वास्थ्य लाभको कामना गरिरहनु भएको छ ।

राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी र लाखौँ कार्यकर्ताले मुलुकको कार्यकारी प्रमुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । उहाँको आधिकारिक वेभ साइट ‘केपी शर्मा ओली डटकम डट एनपी’ मा हजारौंको संख्यामा शुभेच्छूकहरुले स्वास्थ्य लाभको कामना पलपलमा पोष्ट गर्नेक्रम जारी छ ।

प्रधानमन्त्री ओलीको शरीरको संवेदनशील अङ्ग मिर्र्गाैलाको दोस्रो प्रत्यारोपण र चिकित्सकीय प्रबन्धका कारण सबैले अस्पतालमा भेटेर शुभकामना दिन सम्भव नहुने भएकाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘केपी शर्मा ओली डटकम डट एनपी ’ मा स्वास्थ्यलाभको कामना गर्न चाहनेले सन्देश दिन सक्ने सूचना गरेलगत्तै सुभेच्छूकहरुले स्वास्थ्य लाभको कामना गर्नु्भएको हो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गाैला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावले यहाँ आफ्नो सन्देश राख्न अनुरोध गर्दछौ’ सल्लाहकार थापाले उक्त जानकारी आफ्नो सामाजिक सञ्जालमा पनि समावेश गरेपछि हजारौले शुभकामना दिनुभएको हो ।

प्रतिनिधि सभा सांसद विष्णु शर्मा पौडेलले सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । कतारमा रहनु भएका रामबहादुर रोकायाले सम्माननीय प्रम केपी शर्मा ओली ज्यूको मिर्गाैला प्रत्यारोपणको शुभकामना दिनु भएको छ । यस्तै नेपाल रेडक्रस सोसाइटीका शिवराम आचार्यले ‘ हामी हजुरलाई हृदय देखि नै माया गर्छौ, सर्बोत्तम नेता हाम्रो प्रधानमन्त्रीलाई समान उत्साह र विश्वासको साथ काममा फर्किएको हेर्न चाहन्छौं । प्रिय प्रधानमन्त्री, छिट्टै स्वस्थ हुनुहोस’ पोष्टमा उल्लेख गर्नुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?