गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताउनु भएको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले बताउनु भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री भेट्न अस्पताल पुग्नु भएको राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताउनु भएको ट्वीटरमा ट्वीट गर्नुभएको छ ।
‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । ‘साथीहरूलाई भनिदिनुस् मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ । छिट्टै म काममा फर्किन्छु । धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !’ प्रधानमन्त्री ओलीलाई भेटेपछि रिमालले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरूले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको अस्पतालले जनाएको छ ।