logo
२०८१ मंसिर ८ शनिवार



सिंगापुर र हङकङ एशिया कपका लागि छनोट खेल्ने

पढ्नै पर्ने |
खेलकुद |


सिंगापुर र हङकङ एशिया कपका लागि छनोट खेल्ने


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । इस्टर्न रिजनबाट सिंगापुर र हङकङ एशिया कप छनोट प्रतियोगितका लागि छनोट भएको छ । प्रतियोगिताको अन्तिम खेलमा हङकङले मलेसियालाई हराएपछि उसले सिंगापुरसँगै कुवेत र यूइए सम्मिलित छनोट प्रतियोगिताका लागि स्थान सुनिश्चित गरेको छ ।
मलेसियाले प्रस्तुत गरेको एक सय ३३ रनको लक्ष्य हङकङले खेल सकिन सात बल बाँकी छदै मात्र चार विकेटको क्षतिमा पुरा गर्यो । हङकङले लगातार पाँच खेल हारेपछि मलेसियासँगको पहिलो जित हात पार्न सफल भयो ।
जेम्स जोन एकिन्सनले १९ औं ओभरको पाँचौं बलमा महुम्मद फित्रीको बललाई बाउन्ड्रीको दिशा दिनुहुँदै हङकङको जित सुनिश्चित गर्नुभयो । उहाँले अविजित रहदै ३३ रनको योगदान दिनुभयो । हारुन मोहम्मद अरशदले १९ रन बनाएर उहाँलाई साथ दिनुभयो । ओपनर शाहिद वासिफले अद्र्धशतकीय पारी खेलेर हङकङको जितको आधार तयार गर्नुभएको थियो । वसिफले चौथो विकेटका लागि एकिन्सनसँग ६० रनको उत्कृष्ट साझेदारी गर्नुभयो ।
मलेसियाका लागि पवनदीप जगजित सिंहले दुई तथा सैज्रुल इजत इद्रुस र महुम्मद फित्रीले सामान एक एक विकेट लिनुभयो ।
टर्डथाई क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १३२ रनको योगफल तयार गरेको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ३० तथा सैयद अजिज सैयद मुबारकले ३० रनको योगदान दिनुभयो ।
मलेसियालाई औसत योगफलमा सीमित गर्न हङकङका प्रमुख बलरहरु मोहम्मद ऐजाज खान, हारुन मोहम्मद अरशद र आफताब हुस्सैनले कसिलो बलिङ गर्नुभयो । ऐजाजले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिनुभयो ।
प्रतियोगितामा तीन खेल जितेको सिंगापुर यसअघि नै एशिया छनोट प्रतियोगिताको लागि स्थान सुनिश्चित गरिसकेको छ । प्रतियोगितामा सहभागी नेपाल चार खेलमध्ये दुईमा हार, एउटामा जित र अन्तिम खेल वर्षाले प्रभावित भई रद्द हुन पुग्दा अङ्क बाँड्दै चौथो स्थानमा रहन गयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?