टीकाराम उप्रेती
झापा फागुन २२ गते । कोही हातमा जुत्ताको सुलमा ब्रसले सुलोशन लगाई रहेका थिए । कोही जुत्ताको फर्मामा महिलाले लगाउने जुत्ता काटिरहेका थिए । कोही सिलाई मेशिनमा जुत्ताको कपडा सिलाई रहेका थिए । झापाको दमक नगरपालिकाको कार्यालयमा दमक नगरपालिका भित्रका एकल महिलाहरु अहिले धमाधम जुत्ता चप्पल बनाउने तालिम लिइरहेका छन् । दमक नपाका १० वटै वडाका प्रतिनिधि एकल महिला आत्मनिर्भर बनाउने नपाको योजना अनुसार तालिममा सहभागि भएका हुन् ।
झापाको दमक नगरपालिका १ निवासी नुमा काफ्ले २५ बर्षको उमेरमा नै एकल हुनुभयो । श्रीमान बित्दा उहाँको काखमा साना काखे बालक दुई जना थिए । कलिलो उमेरमा नै आफु एकल भएको पीडा त छदैथियो साना बालबालिका समेत हुर्काउने र पढाउने जिम्मेवारीले थाप्लोमा थिच्यो । एकल महिला भएपछि आफ्नै परिवार र छिमेकीबाट समेत बिभिन्न खाले दुव्र्यवहार भोग्नु परेको उहाँले पीडा पोख्नुभयो ।
आम्दानीको बाटो केही थिएन । खेतबारीमा लगाएको बालीनालीबाट हुने आम्दानीले खर्च धान्नै मुस्किल थियो । यस्तै चुनौतीका बीच घरमा गाई बाख्रा पालेर छोराछोरी कठोर मेहनेतले छोराछोरी पढाए । यसरी नै मुश्किलले मेरा दैनिक व्यवहार चल्दै थियो ।यस्तै अवस्थामा दमक नगरपालिकाले एकल महिलालाई आत्मनिर्भर बनाउन बिभिन्न तालिम सञ्चालन ग¥यो । अहिले यही तालिम अन्र्तगत दुई सातादेखि म जुत्ता चप्पल बनाउने तालिम लिइरहेकी छु काफ्लेले बताउनुभयो ।
तालिम लिइ सकेपछि आफ्नै घरमा जुक्ता चप्पल निर्माण गर्ने उद्योग सञ्चालन गर्ने योजना रहेको काफ्लेले बताउनुभयो । घरमा नै बसेर जुक्ता चप्पल बनाउन सकेभने केही मानिसलाई रोजगार पनि दिन सकिने रहेछ भन्ने मनोबल बढेको उहाँको भनाई छ । उहाँ जस्तै अहिले दमक नपाकै दमक ६ निवासी हेमन्ता घिमिरे, दमक ५ निवासी रीना भट्टराई, सृजना रिमाल, अम्बिका श्रेष्ठ लगायतका एक महिलाहरु हिजोआज दमक नगरपालिकाको कार्यालयमा नै एकल महिलाका लागि सञ्चालन गरिएको जुत्ता चप्पल बनाउने तालिम लिइरहनु भएको छ ।
दमक नगरपालिकाले नगरभित्रका एकल महिलाका लागि आत्मनिर्भर बनाउन तालिम सञ्चालन गर्दै आएको छ । नपाका दशै वटा वडाबाट छनौट भएका एकल महिला प्रतिनिधिहरुलाई पहिलो दोश्रो चरणको जुक्ता चप्पल बनाउने तालिम दिइएको दमक नपाकी उपमेयर गीता अधिकारीले जानकारी दिनुभयो ।
दमक नगरपालिकाले जुत्ता चप्पल निर्माण गर्ने स्थानीय प्रशिक्षक तीर्थ बिसङ्केले जुक्ता चप्पल बनाउने तालिम दिइरहनु भएको छ । यसमा कमै मात्र महिलाले गर्ने जुत्ता चप्पल निर्माणको काम यहाँ सहभागि महिलाले उत्साहकासाथ सिकिरहेको प्रशिक्षक बिसङ्केले बताउनुभयो ।
दमक नगरपालिकाले पहिलो चरणमा सेनेटरी प्याड बनाउने तालिम सञ्चलन गरेको थियो । पुन प्रयोग गर्न मिल्ने खालको प्याड खासगरि ग्राणिण इलाकाका महिलाका लागि सबैभन्दा बढी उपयोगी हुने भएकाले स्थानीय स्तरमा नै प्याड उत्पदन गर्ने र यसको बिक्री बितरणबाट एकल महिला आत्मनिर्भर हुने रणनीति बनाएको थियो । दमक नपाले हरेक आर्थिक बर्षमा एक महिलालाई छुट्टै तालिम सञ्चालन गरिने उपप्रमुख अधिकारीले बताउनुभयो । यसले महिलालाई आय आर्जनसँग जोड्न व्यवसायीक बनाउने लक्ष रहेको छ । एक महिने तालिममा निर्माण गरिएका जु्क्ता चप्पल निर्माण गर्दै बिक्री समेत गर्दै आम्दानी गर्न थालेका छन् ।