logo
२०८१ मंसिर १० सोमवार



कोरोना एकीकृत कार्ययोजना बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा

पढ्नै पर्ने |
मुख्य समाचार |


कोरोना एकीकृत कार्ययोजना बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा


गोरखापत्र अनलाइन

काठमाडौं, चैत्र २ गते । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ ।

नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो । कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेसँगै सोही समितिले बैठकको आयोजना गरेर मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो । प्रेस सयोजक केसीका अनुसार दिउँसो एक बजे बैठक सिंहदरबारमा बस्नेछ ।

सो बैठकमा प्रदेशसँग सहकार्य गर्ने र कोरोनाको रोकथामको लागि एकीकृत योजना बनाउन बैठक बोलाइएको हो । सो बैठकमा मुख्यमन्त्रीसँगै सबै प्रदेशको सामाजिक विकास मन्त्री सहभागी हुने प्रेस संयोजक केसीले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?