logo
२०८१ मंसिर १० सोमवार

  विकट गाउँमा थपिदै युवा उद्यमी  



प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर !

पढ्नै पर्ने |


प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर !


गोकर्ण दयाल
बैतडी, चैत ५ गते । लहरै झुण्डिएका प्लाष्टिकका साढे पाँचसय पोका छन् । प्लाष्टिकको एउटा पोका भित्रबाट दुईहजार रुपियाँ भन्दा बढी आम्दानी निकाल्न पुष्कर भण्डारी रात दिन मिहिनेत गरिरहनु भएको छ ।  यो दृश्य बैतडी पाटन नगरपालिका–६ पाटनका पुष्कर भण्डारीले गरेको च्याउ खेतीको हो । राजनीतिमा समेत सक्रिय ३४ वर्षिय पुष्कर भण्डारी राष्ट्रिय युवा सङ्घ नेपाल बैतडीका जिल्ला कमिटी सदस्य हुनुहुन्छ । राजनीतिलाई विशुद्ध समाज सेवा मान्नुहुने भण्डारी जिवीकोपोर्जनका लागि उद्यमशील बन्नुपर्ने बताउनुहुन्छ ।

राजनीनिमा लागेर योजना माग्ने, उपभोक्ताको अध्यक्ष बन्ने र त्यसैबाट जिवीका चलाउने प्रवृत्ति बढीरहेका बेला भण्डारीको उद्यमशीलताले धेरैलाई राम्रो पाठ सिकाएको छ ।

एक महिना अघि मात्र च्याउको वीउ राखेका पाँचसय भन्दा बढी च्याउका पोकाबाट फल्दै गरेको च्याउ देखाउँदै भण्डारीले योजनाको उपभोक्ता बनेर भ्रष्टाचार गरेर होईन, प्लाष्टिकमा पराल पोकोपारेर च्याउँको वीउबाट मनग्गे पैंसा फल्ने बताउनुभयो । बजारमा दुईसयदेखि २५० रुपियाँ किलोसम्म च्याउ बिक्रि हुने गरेकोले अरु युवालाई पनि उद्यमी बन्न पुष्करले सुझाव दिनुभयो ।

युवाहरु स्वदेशमै उद्यमी बन्नु पर्ने बताउँदै भण्डारीले आफ्नै स्वलगानीमा च्याउखेती सुरु गरेको बताउनुभयो । मासिक एक लाख रुपियाँ जति च्याउखेतीबाट कमाई हुन्छ भने किन उद्यम नगर्ने ? भनेर आफू च्याउखेतीमा लागेको भण्डारीले बताउनुभयो । च्याउखेतीबाट राम्रो प्रेरणा मिलेपछि अब गाई पालनका लागि गोठ तयार भईरहेको भण्डारीले बताउनुभयो । नयाँ वर्षमा पाँच वटा उन्नत गाई किनेर पाटनमा व्यवसायिक गाईपालन गर्ने पुष्करले योजना सुनाउनुभयो ।

भण्डारीले भन्नुभयो, बढी जसो समय उद्यमशीलता मै बित्ने गर्छ । बचेको समय संगठन र समाजमा सबैलाई सकेको सहयोग गर्छु । राजनीतिमा लाग्दा कसैसँग चन्दा माग्नु परेको छैन । योजना मागेर भ्रष्टाचार पनि गर्नु परेको छैन । घर परिवार सबै यसैमा खुशी छौं । घर परिवार, समाज र देशका सबै ठाउँमा यस्तो खुशी आउन थाले देश आफैं सम्बृद्ध बन्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?