गोरखापत्र अनलाइन
काठमाठौ, चैत्र ५ गते । नेपाली सेनाले कोरोनाको उपचारको पूर्व तयारीमा सुरु गरेको छ । नेपाली सेनाको मुख्यालयमा कोरोनाको आइसोलेसन वार्ड कसरी गर्न सकिन्छ भनेर तयारी थालेको छ ।
नेपाली सेनाका ५० जना मेडिकल क्षेत्रका र आइसोलेसनमा आवश्यक पर्ने विभिन्न जनशक्ति समेटेर कसरी वार्ड तयार पार्न सकिन्छ भनेर पूर्व अभ्यास गरेको हो । देशभरका १८१ जना प्राविधिकलाई सेनाले छनौट गरेर उनीहरुलाई प्रयोगात्मक ज्ञान प्रदान गरेको सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभएको छ ।
क्वारेनटाइन जुनसुकै समयमा बनाउनु पर्ने भएकाले कोरोनाको उच्च जोखिमपूर्ण अवस्था हेरेर सेनाले पूर्व तयारी थालेको प्रवक्ता पाण्डेले बताउनुभयो । झट्ट हेर्दा क्वारेनटाइन भन्ने वित्तिकै मेडिकल सेवा मात्रै नभएर इलेक्ट्रिसियन,पम्बर, सिकर्मी, डकर्मीको समेत उत्तिकै आवश्यकता हुने भएकाले सोही अनुसार नेपालभरका सेना भित्रका १८१ जना प्राविधिकलाई तयारी कक्षा प्रदान गरेको हो । बुधबार सैनिक मुख्यालयमा उनीहरुले पूर्वतयारीको अभ्यास समेत गरेका थिए । तस्बीर सुजन गुरुङ