केशवराज पौडेल
काठमाडौ, चैत्र ५ गते । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको सानो भ¥याङबाट फेरि १० लाख थान सर्जिकल मास्क बरामद गरेको छ ।
विश्वमै कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी भैरहेको गुनासोसँगै आक्रमक रुपमा उत्रिएको प्रहरीले सानो भ¥याङबाट १० लाख मास्क बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको एसएसपी थापाले जानकारी दिनुभयो । गोरखा स्थायी घर भएर सानो भ¥याङमा दीप ओभरसिजका संचालक युवराज न्यौपानेलाई पक्राउ गरेको थापाले बताउनुभयो ।
यसअघि प्रहरीले शनिबार,आइतबार र सोमबार ११ लाख थान मास्क बरामद गरेको थियो ।
तीन दिनमै, लुकाएर राखेको ११ लाख थान मास्क बरामद