काठमाडौँ, चैत १४ गते । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै लक डाउन भएको आज चौथो दिन काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको छ।
लक डाउन चौथो दिनः काठमाडौँ उपत्यका सुनसान (फोटो फिचर) / तस्बिर : कबिता थापा