केशवराज पौडेल
काठमाडौं, चैत्र २१ गते । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा भिडभाडको अवस्था कस्तो रहेको छ भनेर ड्रोन मार्फत काठमाडौ उपत्यकाको अनुगमन गरेको छ । केही समयअघि लकडाउनको उलङ्घनको गरेपछि प्रहरीले नियन्त्रण गर्नको लागि 'मल्टी फन्सनल म्यान क्याच इकुमेन्ट' प्रविधिको प्रयोग गरेको थियो । त्यसलाई आम जनताबाट निक्कै चासो दिएको थियो ।
नेपाल प्रहरीले काठमाडौं उपत्यकाका काठमाडौं, लतिलपुर र भक्तपुरमा लक डाउनको अवस्था कस्तो रहेको छ र कुन क्षेत्रमा मानिसको चहलपहल धेरै रहेको छ भनेर बुझ्न प्रहरी प्रधान कार्यालयले दुई ड्रोन मार्फत काठमाडौं उपत्यकाको बारेमा जानकारी लिएको हो ।
महानगरीय प्रहरी परिसर रानीपोखरीका सूचना अधिकारी एसएसपी श्यामलाल ज्ञवालीले प्रहरी केन्द्रीय कार्यालयले काठमाडौँमा ड्रोन मार्फत उपत्यकाको वस्तुस्थितिको बारेमा जानकारी लिएको बताउनुभयो । नेपाल प्रहरीले प्रविधिको प्रयोग गरेर जनताको स्वास्थ्यमा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले अहिले लक डाउनमा गरेका कार्य राजस्व बढाउन, जनतालाई दुःख दिन नभएर जनताको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुगोस् भन्ने उदेश्यले गरेको बताउँदै जनताले समेत आफ्नो स्वास्थ्य र समाजको स्वास्थ्यलाई ध्यानमा राखेर सकेसम्म घर बाहिर ननिक्लन सबैलाई एसएसपी ज्ञवालीले अनुरोध समेत गर्नुभयो ।
नेपाल प्रहरीले परम्परागत रुपमा गर्दै आएको अनुशन्धान तथा सुरक्षामा प्रविधिको प्रयोग थालेको एसएसपी ज्ञवालीले बताउनुभयो । विशेष गरि तरकारी बिक्री हुने क्षेत्रहरुमा बिहान र बेलुका चाप धेरै देखिएकाले त्यसमा समेत प्रहरीले चासो दिएर अघि बढेको उहाँले बताउनुभयो ।
कोरोनाको रोकथाममा स्थानीय सरकारले सकृयता देखाएको ठाँउमा भिडभाड कम भएको र स्थानीय सरकारले चासो कम दिएको ठाउँमा भिडभाड धेरै देखिएको अनुभव मिलेको एसएसपी ज्ञवालीले भन्नुभयो । उहाँले नागरिक, स्थानीय सरकार र प्रहरी प्रशासनको सकृयताले मात्रै यस्तो बिषम परिस्थितीमा लड्न सकिने बताउनुभयो ।
काठमाडौँ उपत्यकाको अवस्था सामान्य रहेको एसएसपी ज्ञवालीले बताउँलै लकडाउनको समयमा घर बाहिर नआउन सबैलाई अनुरोध गर्नुभयो ।