केशवराज पौडेल
काभ्रेपलाञ्चोक, चैत्र २६ गते । सप्तरीको रुपनी गाउँपालि जान लतिलपुरको कुपण्डोलबाट मंगलबार बिहान ३ं.०० बजे हिड्नु भएको सोनावती चौधरी काभ्रेपलाञ्चोकको बनेपा आइप्ुग्न झण्डै आठ घन्टा लाग्यो ।
आठ बर्षमुनीका दुईओटा छोराछोरीलाई कहिले बोकेर र धेरै पटक हिडाएर बनेपासम्म आइपुगेकी सोनावतीलाई सप्तरी कति दिनमा पुगिन्छ भन्ने थाहा छैन । तर जति दिन लागेपनि सप्तरीमा प्ुग्ने अठोट बोकेर हिडेको बताउनुहुन्छ ।
श्रीमान घर बनाउने काम गर्ने भएकाले सरकारले लकडाउन गरेपनि काम गर्न पाइने आशा बनाएर दुई सातासम्म शहरमै बसेपनि भोकभोकै मर्ने चिन्ताले सप्तरीसम्म हिडेको सोनावतीले सु्नाउनुभयो ।
‘सोनावती दिदी जाने भनेपछि म पनि दिदीसँगै हिडेको छु’सप्तरीको रुपनी गाउँपालिकाकै सुनिता चौधरीले भन्नुभयो । गाडीमा १० घन्टामा आइपुगिन्थ्यो अब हिडेर कति समयमा पुग्ने हो त्यसको केही भेग सुनितालाई थाहा छैन । नेपाल सरकारले दिएको तीन किलो चामलले छाक नटर्ने देखेपछि छोराछोरी बोकेर सुनिता डेराबाट निस्कनु भएको छ ।
सप्तरी र सिरहा स्थायी घर भएर कुपण्डोलमा बस्दै आउनु भएका ४० जनाको समूह मंगलबार बनेपा आइपुगेको हो । रामनान्द चौधरी उमेरले पाको भएकाले सप्तरीसम्म जाने यात्राको ‘कमाण्डर’ बन्नु भएको छ ।
‘सप्तरीको कल्याणपुरसम्म लिएर जाने लक्ष्य बोकेर हिडेको छु यो बाटो पहिलो पटक यात्रा गरेकाले त्यस बारे धेरै जानकारी छैन’रामानन्दले सुनाउनुभयो । उहाँहरुको समुहमा कक्षा १२ मा पढ्ने सुनिलकुमार ठाकुरले समेत साथ दिनुभएको छ । घरवाट बुबाले पठाउनु भएको पैसा सकिए पछि हिडेरै गाउँ जाने अठोट बोकेर हिडेको बताउनुभयो ।
लकडाउन कहिलेसम्म जाने ठेगान नभएपछि आफूहरु हिडेर जान लागेको उनीहरुको भनाइ छ । तर हिडेर कसरी जाने कहाँ के खाने भन्ने बारे उहाँहरुलाई केही ज्ञान छैन । बाटोमा पानी भेटिए खाने र कसैले केही खुवाएमा खाने हैन भने भोकभोकै भएपनि घरसम्म पुग्ने योजनाले अघि बढेको उहाँहरु बताउनुहुन्छ ।
उहाँहरुमात्रै हैन काठमाडौं, भक्तपुर र ललितपुरमा श्रमिकहरु पैदलै हिडेर तराइसम्मको यात्रा सुरु गर्नुभएको छ । काभ्रेको बाटोहुँदै बिपी राजमार्गवाट दैनिक दुईसयभन्दा धेरैले यात्रा गर्ने गरेको नमोबुद्ध नगरपालिकाका स्थानीय विकास खनालले बताउनुभयो । उहाँले भन्नुभयो, धेरै जना असाध्यै समस्यामा पर्न्ुभएको छ ,सकेको खाना र पानीको व्यवस्था मिलाउने प्रयास गरेका छौ ।
प्रहरीले समेत बाटोमा हिडेर आउनेहरुलाई खाना तथा पानीको व्यवस्थापन गर्ने गरेको छ । बनेपाका व्यवसायी सूर्य श्रेष्ठले केहीदिनदेखि आफ्नो पानस पाटी प्लोससवाट सडकमै खानाको व्यवस्था गर्नुभएको छ ।
काभ्रेकै रोशी गाउँपालिकाले समेत आफ्नो सिमानादेखि सिन्धुली जिल्लाको सिमानसम्म अलपत्र परेका यात्रुहरुलाई पु¥याउने र खाना र खाजाको प्रवन्ध समेत मिलाउनु भएको छ । गाउँपालिका अध्यक्ष डिबी लामाले खाना र बस्ने व्यवस्थापन गरेको बताउनुभयो । ‘बाटोमा हिड्दा हिड्दै ढल्छन् प्राथमिक उपचारमा समेत सहयोग गरेको छु’ अध्यक्ष लामाले भन्नुभयो ।
दिउँसो गर्मी हुने भएकाले अधिकाशं तराइसम्म जानको लागि रातको समय धेरै प्रयोग गर्छन् । तर केटाकेटी र महिलाहरु भने दिउँसो हिडेर रातको समयमा सडकमै भएपनि बास बस्ने गरेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बनेपा ह्ुँदै दैनिक ६० भन्दा धेरै र कुशादेवीवाट पनौतीहुँदै नमोबुद्ध निस्किएर ५० भन्दा यात्रुहरु तराइका जिल्लाहरुमा जाने बताउनुभयो । ‘सकेसम्म सुरक्षित रुपमा सामाजिक दुरी बनाएर हिड्न अनुरोध गरेका छौ’प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो ।