logo
२०८१ मंसिर १४ शुक्रवार



आइसियू र भेन्टिलेटर बिनै आइसोलेटेड बेड तयार

पढ्नै पर्ने |
प्रदेश |


आइसियू र भेन्टिलेटर बिनै आइसोलेटेड बेड तयार



जनार्जन खत्री
सर्लाही, चैत २६ गते । सर्लाही सदरमुकाम मलङ्गवामा १५ शैय्याको आइसोलेटेड बेड तयार पारिएको छ । आइसियू र भेन्टिलेटरको अभावमा ती उपकरण बिनै आइसोलेटेड बेड तयार पारिएको हो ।

जिल्ला अस्पताल परिसरमै निर्माण गएिको आइसोलेटेड बेडमा उच्च ज्वरो आएका अर्थात कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचार गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

अत्याधिक ज्वरो आएका बिरामीलाई तत्कालै एम्बुलेन्स फेला नपरेको अवस्थामा केही समय यहीँ राखेर उपचार गर्न मिल्ने गरी आइसोलेटेड बेड तयार पारिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ । आइसोलेटेड बेडका लागि तत्काल जिल्ला अस्पतालकै चिकित्सक र स्वस्थ्यकर्मी खटाइने भएको छ ।

जिल्ला अस्पताल मलङ्गवाका मेडिकल अधिकृत डा. अविनाश कुमार सिंहले आइसोलेटेड बेडमा भर्ना हुने बिरामीको रेखदेख गर्ने बेग्लै स्वास्थ्यकर्मीको व्यवस्था नरहेको बताउनुभयो । अस्पतालमा चिकित्सक भएपनि स्टाफ नर्स, सरसफाई गर्ने कर्मचारी लगायतको अभाव रहेको उहाँले बताउनु भएको छ ।

सर्लाहीमा छिमेकी मुलुक भारत र अन्य देशबाट भर्खरै फर्किएकाहरुलाई राख्न २० वटै पालिकाले क्वारेन्टाइन निर्माण गरेपनि शङ्कास्पद बिरामीको निगरानी गर्न पहिलो पटक जिल्ला अस्पतालमा आइसोलेटेड बेड तयार पारिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?