logo
२०८१ मंसिर १४ शुक्रवार



सामाजिक दुरीमा लहानमा राहत वितरण शुरु

पढ्नै पर्ने |
प्रदेश |


सामाजिक दुरीमा लहानमा राहत वितरण शुरु
लहान १३ मा सामाजिक दुरीमा रहेर राहत ग्रहण गर्दै स्थानीयहरु तस्बिरः जिवछ यादव 



जिवछ यादव
लहान, चैत २६ गते । गरीव मजदुर बस्तीमा राहतको माग व्यापक हुन थालेपछि लहान नगरपालिकाले बुधबारदेखि राहत वितरण गर्न शुरु गरेको छ । राहत पाएर गरीव मजदुर ज्यालादारी गरेर गुजारा गर्नेहरु खुसी भएका छन् ।
लहान १३ की द्रेपति विश्वकर्मा र राम कुमारी यादवले राहत ग्रहण गर्दै काम बन्द भएर हातमुख जोर्न ठूलो समस्या रहेको वेला नगरपालिकाले उपलब्ध गराएको राहतले निकै खुीसी भएको बताउनुभयो ।
लहान नगरपालिकाको २४ वटा वडामा एक करोडभन्दा बढी राहत कोषमा रकम राखेर ज्याला मजदुरी गर्ने नौ हजार परिवारलाई प्रति परिवारमा बीस किलो चामल, एक किलो दाल, चार किलो आलु, एक किलो नुन, एक लिटर तेल, दुई वटा साबुन र दुई सय नगद प्रति घर परिवार पन्ध्र सयको दरले राहत वितरण गर्न शुरु गरिएको लहान नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख मुनि साहको अनुसार सामाजिक दुरीमा रहेर राहत वितरण गर्न शुरु गरिएको राहत कार्यक्रम चार पाँच दिनसम्म चल्ने छ । राहतसँगै लक डाउनको पूर्ण पालना गरी जनहितमा जारी चेतनामूलक सूचनालाई पालन गर्न समेत जानकारी गराएको छ । एक दिनमा १६ सय घर परिवारलाई राहत वितरण भइरहेको छ । पहिलो दिन लहानको उत्तरी भेगका वडाहरु १३, १५, २४ र १० नम्बरमा वितरण गरिएको छ ।
यसैगरी, गोलबजार नगरपालिका, धनगडीमाइ, मिर्चैया, कर्जन्हा र सुखीपुर नगरपालिकमा समेत राहत वितरण भइरहेको छ । राहत वितरणले गरीव दलित र मजदुर परिवारमा ठूलो सहयोग भएको दलित अभियानकर्मी विनोद विसुन्केले बताउनुभयो ।राहत वितरणमा वास्तविक पीडित छुटनु भएन, हुने खानेले लिनु भएन यसमा सिरहाका १७ वटै स्थानीय तहहरु सचेत रहनुपर्ने तर्फ सचेत गराएको जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?