logo
२०८१ मंसिर ११ मंगलवार

 कोरोनाबारे केही मन बुझाउने तथ्य 



नेपाल समेत करिब तीन दर्जन देशमा मृतक शुन्य

पढ्नै पर्ने |


नेपाल समेत करिब तीन दर्जन देशमा मृतक शुन्य


उपेश महर्जन

काठमाडौं, वैशाख २ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट प्रायः सबै देश अक्रान्त छन्। विश्वमा कोभिड–१९ का कारणले एकलाख १९ हजार ७३५ जनाको ज्यान गइसकेको छ भने १९ लाख २६ हजार ३०५ मा संक्रमण पुष्टि भएको छ ।

अहिले धेरै सञ्चार माध्यमबाट मृत्यु र संक्रमितको संख्यालाई मात्र प्राथमिकता दिएर समाचारहरु आइरहेको छन् । तर केही देशहरुमा संक्रमण पुष्टि भएको दुईतीन महिना बित्दा पनि करिब तीन दर्जन जति देशहरुमा कसैको मृत्यु भएको छैन ।

संयुक्त राष्ट्र संघमा औपचारिक रुपमा दर्ता भएका १९५ देशहरु मध्ये करिब ३० वटा देशहरुमा कोरोना संक्रमण पुष्टि भए पनि अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । ती देशहरुमा संक्रमितहरु बढिरहे पनि पूर्ण रुपमा उपचार भएका व्यक्ति भने न्यून रहेको पाइएको छ ।

दक्षिण एसिया
दक्षिण एशियाली सहयोग संगठन सार्क मुलुकमा आवद्ध आठ देशमध्ये तीन देशमा अहिलेसम्म कुनै संक्रमितको ज्यान गएको छैन । त्यसमा नेपाल, भूटान र माल्दिभ्स रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मंगलबार मध्यान्नसम्म संक्रमितको संख्या १४, पूर्ण रुपमा उपचार भएको एकजना उल्लेख गरिएको छ । मृतकको सूची शुन्य छ । त्यसैगरी, छिमेकी देश भूटानमा संक्रमित पाँचजना मध्ये दुईजनाको पूर्ण उपचार भइसकेको छ । माल्दिभ्समा २० जनालाई संक्रमण भएको छ भने १४ जना उपचारपछि घर फर्किसकेका छन् ।

चीनका छिमेकी देश पनि सुरक्षित
चीनको उत्तरी छिमेकी देश मंगोलियामा १७ जनालाई संक्रमण र चार जनाको उपचार भइसकेको छ । चीनको दक्षिणपूर्वी छिमेकी देश भियतनामा २६२ जनालाई संक्रमण भएकोमा १४५ जनाको पूर्ण उपचार भएको छ । चीनको अर्काे दक्षिणपूर्वी छिमेकी देश लाओसमा १९ जनालाई संक्रमण भएको छ ।

त्यसैगरी, कम्बोडियामा १२२ जनालाई संक्रमण देखिएकोमा २५ जनालाई निको भइसकेको छ । फिजीमा १६, यमनमा एक, इष्ट टिमोरमा ४, पपुआ न्यूगिनीमा २ जनाको भाइरसबाट संक्रमण भएको छ ।

अफ्रिका केही सुरक्षित
कोभिड – १९ बाट अफ्रिकी देशमा संक्रमण बढेको छैन । टापू देश मडागास्करमा १०६ जनालाई संक्रमण भए पनि २० जनालाई निको भइसकेको छ । रुवान्डामा संक्रमण १२६, निको २५, युगान्डामा संक्रमण ५४, निको ४, मोजाम्बिकमा संक्रमण २१, निको दुई, चाडमा १८ विरामी पर्दा दुईजना निको भएका छन् ।

त्यसैगरी, गुइनामा २५०मा संक्रमण भएर १७ जनाको घर फर्किसकेका छन् । नामिबियामा १० जनाको संक्रमण हुँदा तीनको पूर्ण उपचार, गुइनाओ बिसाउमा ३८,इरिट्रियामा ३४, सियरा लिओनमा दशलाई संक्रमण, बुरुण्डीमा पाँच र दक्षिणी सुडानमा चारजनालाई संक्रमण भएको छ ।

संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटी
उता महामारीको केन्द्रविन्दु भएको युरोपको इटालीले चारैतिर घेरेको संसारकै सानो देश भ्याटिकन सिटीमा ८ लाई संक्रमण भएर दुईजना पूर्णरुपमा स्वस्थ भएका छन् ।

क्यारेबियन देश
क्यारेबियन देश डोमिनिका गणतन्त्रमा १६ लाई संक्रमण हुँदा ८ जनालाई सन्चो भएको छ ।

दक्षिण अमेरिका
फ्रेन्च गुइनामा ८६ जनालाई संक्रमण भएकोमा ५१ जनालाई निको भएकाे खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?