logo
२०८२ भाद्र ६ शुक्रवार



क्वारेन्टाईनमा बसेकी १६ वर्षीया युवतीले जन्माईन् मृत शिशु

पढ्नै पर्ने |
समाज |


क्वारेन्टाईनमा बसेकी १६ वर्षीया युवतीले जन्माईन् मृत शिशु


मनोज भट्टराई
ओखलढुंगा, वैशाख १२ गते । ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेको क्वारेन्टाईनमा अविवाहित १६ वर्षीया युवतीले मृत बच्चा जन्माएकी छिन् । गत मंगलबारदेखि क्वारेन्टाईनमा रहेकी युवतीले बुधबार साँझ मृत बच्चा जन्माएकी हुन् ।

उदयपुर जिल्लाबाट आएकी उनी मंगलबारदेखि क्वारेन्टाइनमा रहँदा बुधबार २ बजेदेखि पेट दुखेको बताएकी थिइन् । बुधबार साँझ ५ बजे उनले अन्दाजी ६ महिनाको मृत जन्माएको मोलुङ गाउँपालिकाका स्वास्थ्य संयोजक वेदहरि दाहालले जानकारी दिनुभयो ।

मृत जन्मिएको वच्चालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको भए पनि जिल्ला अस्पतालमा डिएनए परीक्षण नहुने भएका कारण जिल्ला अस्पतालले काठमाडौ रिफर गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताउनु भयो ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गर्न नपाएको र अस्पतालबाट आउने परिणाम अनुसार अनुसन्धान गर्नेछ ।

जिल्लाको मोलुङ गाउँपालिका कै स्थानीय रहेकी ती युवती कामको लागि काठमाडौ गएको र काम गर्दै तराईका विभिन्न जिल्ला हुँदै उदयपुरबाट गृह जिल्ला फर्किएको पाईएको मोलुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टंक कार्कीले बताउनुभयो ।

यसैबीच, गाउँपालिकामा ७० जना सम्म रहन सक्ने क्षमताको दुईवटा क्वारेन्टाईन बनाईएको भए पनि शुक्रबार मात्रै गाउँपालिकामा ३८ जनाको आरटिडी परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि हाल गाउँपालिकाका दुई वटै क्वारन्टाईन खाली रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?