संसार अहिले कोभिड -१९को महामारीसँग लडीरहँदा अतिआवश्यक उपचारका लागि आवश्यक उपकरण र औषधी, स्वास्थ्य सेवा व्यवस्था गर्नु एउटा चुनौतीपूर्ण कार्यहुन पुगेको छ ।यस संगै खानपानको व्यवस्थापन पनि कठिन कार्य हुन पुगेको छ । तर व्यक्ती रहेको वातावरण, उसले अपनाउने सरसफाईका विधि, सँगसंगै उसको खानपान सम्बन्धी व्यवहार पनि यस्ता सङ्क्रमणबाट बच्न, त्यससँग लड्न,शरीरको रोग प्रतिरोधी क्षमताकायम राख्न र सुधार गर्न महत्त्वपूर्ण हुन्छन् ।
त्यसैले खानपानमा गरिने स-साना सुधारले पनि सङ्क्रमणबाट बच्न मद्दत गर्न सक्छन् ।यसका साथै बुझ्नैपर्ने कुरा भनेको खानेकुराले मात्रकोभिड -१९ जस्ता रोगबाट बचाउँदैन तर खानपान सँगसंगै सरकार, तथा स्वास्थ्य सम्बन्धी संस्थाहरुले दिएको निर्देशनहरु पालना गरेमा रोगबाट बच्न मद्दत गर्छ । त्यसैले खानपान कोभिड -१९ वा अन्य सङ्क्रमणको अवस्थामा खानपान सम्बन्धी विभिन्न भ्रामक कुराहरु सुन्नु भन्दा सत्य तथ्य बुझेर त्यस अनुसार खानपान सम्बन्धी व्यवहार गर्नु उचित हुन्छ ।
कस्तो खानेकुरा खाने
खानपान सम्बन्धी प्रसङ्गमा कुरा गर्दा कुन खानेकुरा खाने वा कुन खानेकुरा नखाने भन्ने कुरा मात्र नभएर हामीले खानेकुराको स्वच्छता तथा सरसफाई, पकाउने तरिका, भण्डारण गर्ने तरिकामा समेत ध्यान दिनुपर्छ । बजारबाट ल्याइएको खानेकुरा, माछामासु, वा तरकारी, फलफूल कत्तिको सफा छ, कस्तो तरिकाले भण्डारण गरिएको छ, र बिक्री गर्ने स्थानको सरसफाई जस्ता पक्षहरु ख्याल गर्नुपर्छ । त्यसैगरी माछामासु छ भने काटीएको जीवको स्वास्थ्य, र काट्ने ठाउँको सरसफाई जस्ता कुरामा पनि ध्यान दिन निकै जरुरी हुन्छ । त्यसैले आफू खानेकुरा स्वच्छताको पक्षमा ढुक्क हुनसक्ने स्थानबाट मात्र खानेकुरा खरिद गर्नुभयो भने पक्कै रोगबाट बच्न मद्दत गर्छ ।
त्यसैगरी घरमै उत्पादन गरेको खानेकुराको सरसफाई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । घरमै पनि खानेकुरा पकाउँदा वा धुँदा स्वच्छ पानी प्रयोग, भान्साकोनियमित सरसफाईसंगै भान्सामा रहेका रेफ्रिजेरेटर र अन्य सामग्रीहरुको सरसफाईले पनि सङ्क्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैगरी रेफ्रिजेरेटरमा खानेकुराहरु राख्दा सँधै माथिल्लो भागमा पकाइएको र तल्लो भागमा काँचो खानेकुराहरु राख्ने गर्नुपर्छ ।खानेकुरालाई कम्तिमा पनि ५० सेल्सियसभन्दा कम तापक्रममा राखिए जीवाणुहरुको सङ्ख्यावृद्दीलाई रोक्छ । पकाई सकेको खानेकुरा पुन: प्रयोग गर्नुपरेमा कम्तीमा ७०० सेल्सियस तापक्रममा राम्रोसंग तताएमा हानिकारक जीवाणुहरु निष्क्रिय हुन्छन् र हाम्रो शरीरलाई नकारात्मक असर गर्न सक्दैनन् । यसरी खाद्य स्वाछतामा ध्यान दिन सकियो भने खानेकुराको माध्यमबाट नोभेल कोरोना, वा अन्य कुनैभाइरस, वा अन्य कुनै जीवाणु हाम्रो शरीरमा प्रवेश गर्ने संम्भावना निकै न्यून हुन्छ ।
सन्तुलन मिलाउनु जरूरी
रोग प्रतिरोधी क्षमता सुधार गर्न विभिन्न पोषक तत्त्व तथा खानेकुरामा पाइने विभिन्नस्वास्थ्यवार्धक तत्त्वहरुहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छंन्। खानाबाट पाइने प्रोटिन, स्वस्थकर चिल्लो पदार्थ, विभिन्न भिटामिन, खनिज पदार्थहरुले नै हाम्रो स्वास्थ्यलाई मजबुत गराउँछन् । ति तत्त्वहरु प्राप्त गर्न खानाको सन्तुलनले नै मुख्य भूमिका खेल्ने गर्छ । त्यसैले खानाको सन्तुलन मिलाउनु नै मुख्य कार्य हुन आँउछ । यसका लागि हामीले दैनिक खाने खानामा उचित मात्रामा अन्नका साथै दाल, गेडागुडी, दुध, दही, हरियो सागपात, तरकारी, फलफूल समावेश गर्नुपर्छ । त्यसैगरी माछामासु वा अण्डा खाने व्यक्तीले सही मात्रामा ति खानेकुराहरु समावेश गर्नु पर्छ । अन्य समयमा त सन्तुलित भोजन जरुरी नै छ, अझ यस्तो सङ्क्रमणको समयमा एन्टिअक्सिडेन्टपौष्टिक तत्त्वहरु जस्तै: भिटामिन सी, भिटामिन इ, भिटामिन ए, जिङ्क भिटामिन डी, सेलेनियम,तामा, र म्याग्नीजतत्त्वहरुको अझ बढी सेवनले रोगबाट बच्न मद्दत गर्न सक्छ ।
त्यसैले खानामा अन्य समयमा भन्दा बढी मात्रामा गाढा हरियो पातदार तरकारी, अमला, टमाटर, कागती, सुन्तला र यस प्रजातिका फलफूल, तिल, ज्वानो, मेथी, बदाम, आलस, स्थानीय उपलब्धता अनुसार फर्सीको बिउ, सूर्यमुखीको बिउ, अंकुरितगेडागुडी जस्ता खाद्य पदार्थ दैनिक खानामा समावेश गर्नु फाइदाजनक हुन्छ । त्यसैगरी बेसारमा हुने कौमारिन, अदुवामा हुने जिन्गेरोल र सोगेनोल, लसुनमा हुने एनिसिलिन, त्यसैगरीतुलसीको पात र अन्य मरमसलाजन्य खाद्य पदार्थहरुमा रहेका स्वास्थ्यवर्धक तत्त्वहरुले समेत रोगप्रतिरोधी क्षमता सुधारका लागि मद्दत गर्ने भएकाले यी पदार्थहरु पनि उचित मात्रामा दैनिक खानामा समावेश गर्नुपर्छ तर आवश्यक भन्दा बढी मात्रा मरमसलाजन्य कुराहरु खान पर्दैन । यस्ता मरमसलाजन्य पदार्थहरु तरकारी, दाल, गेडागुडी, चटनी र झोलिलो खानेकुरामा मिसाएर खान सकिन्छ । त्यसैगरी खानामा उचित मात्रामा दुध, दही, अण्डा मासु, च्याउ समावेश गरेमा भिटामिन डी प्राप्त गर्न सकिन्छ तर सुर्यको किरण नै भिटामिन ‘डी’ को प्रमुख स्रोत भएकोले बिहान साँझ छालामा घाम पर्नेगरी घाम ताप्नु अझ लाभदायक हुन्छ ।
यसरी खानेकुरामा ध्यान दिन सकियो भने पक्कै पनि अहिलेको महामारीबाट बच्न सहयोगी हुन्छ नै । तर खानेकुराको सन्तुलन मिलाउने र बढी पौष्टिक तत्त्व भएको खानेकुरा खाने चक्करमा बजारको र किनेको खानेकुरा नै खानुपर्छ भन्ने हुदैन । तपाइँको घर वा स्थानीय स्तरमा जे-जस्ता अन्न, दाल, गेडागुडी, सागपात, तरकारी छन्, तिनलाई नै सन्तुलन मिलाएर खाँदा शरीरलाई स्वस्थ राख्न सकिन्छ ।
त्यसैगरी अहिलेको अवस्थामा कतिपयमा मासुबाट नोभेल कोरोना भाइरस आएकाले मासु वा खान हुदैन भन्ने भ्रम छ । तर कुनै पनि पशु वा पन्छी बध गर्ने समयमा स्वस्थ छ, सहि तरिकाले स्वस्थ स्थानमा, स्वस्थ व्यक्तीले बध गरेको छ भने र राम्रोसँग पकाएर (तापक्रम ७००सेल्सियस भन्दा माथि पुग्ने गरी) खाएको खण्डमा माछा मासु वा अन्डा, दुधबाट कोरोना वा अन्य जीवाणु सर्ने सम्भावना हुदैन । त्यसैले काचो दुध, वा आधापाकेको अन्डा, राम्रोसंग नपाकेको मासु चाहिँ नखानु बेश हुन्छ तर हामीले राम्रोसँग पकाएको खानेकुरा खान सक्छौं ।
यसरी समग्रमा भन्दा स्वच्छ र सन्तुलित खानेकुरा खाएमा कोभिड -१९ वा अन्य सङ्क्रमणको जोखिम कम गर्न खानेकुरासमेत सहयोगीसिद्ध हुन्छ । तर खानेकुराले नै कोभिड -१९बाट बचाउँछ वा कोभिड -१९ निको पार्छ भन्ने हुँदैन । त्यसैले स्वास्थ्य सम्बन्धी निर्देशनहरुको पालना गर्दै, सरसफाई, व्यक्ती व्यक्तीबिचको भौतिक दुरी कायम गर्दै स्वस्थकर खानपानमा ध्यान दिएमा सङ्क्रमणबाट बच्न सहयोगी हुन्छ ।
मदन पाण्डे
आहर तथा पोषण विशेषज्ञ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान