logo
२०८१ मंसिर १४ शुक्रवार



जिल्लामा मान्छे भित्रिएको विषयमा जिल्ला अधिकारीनै अन्यौलमा

पढ्नै पर्ने |
प्रदेश |


जिल्लामा मान्छे भित्रिएको विषयमा जिल्ला अधिकारीनै अन्यौलमा



शैलेन्द्र रोकाय
बझाङ, वैशाख १५ गते । मुलुकमा कोरोना भाईरसको सन्त्रास फैलिरहेका बेला नेपाल सरकारले मान्छेको आवत जावत गर्न लक डाउन गरेको भए तापनि हिजोअस्तिदेखि भने बझाङ जिल्लामा धमाधम बसबाट मान्छेहरु भित्रिन थालेका छन् ।

जिल्ला भित्रिएका मान्छेहरु को, कँहाबाट, कसरी आएका हुन् उनीहरुको कुनै जानकारी नभएको र जिल्ला आएका मान्छेहरु क्यारेन्टाईनमा पनि नबस्ने भएपछि जिल्लामा कोरोना भाईरस फैलन सक्ने भनी जिल्लाका सुरक्षा अधिकारीहरुलाई चिन्ता लागेको छ ।

जिल्लामा काठमाडाैं र धनगढीबाट तीनचार दिन यतादेखि झण्डै दश वटा बसहरु भरेर मान्छेहरु जिल्ला भित्रिएका छन् । धामाधम जिल्लामा काठमाडौं र धनगढी बस्ने जिल्लाका नेताहरुले त्यहाँ बसेका विद्यार्थी र अन्य मानिसहरुलाई पठाएपछि आफूहरुलाई जिल्लामा व्यवस्थापन गर्न मुस्किल भईरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

बाहिर जिल्लाबाट बस भरि मान्छे आउन थालेपछि मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिले यस कार्यको असन्तुष्टी जनाएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले धमाधम बसमा मान्छेहरु आई रहेका छन्, कसले, कस्को अनुमतिमा पठाईरहेको छ आफूलाई पनि अन्यौल भएको बताउनुभयो ।

हिजो अस्ति गरि हाल सम्म बझाङमा ६ सय २२ जना मान्छेहरु जिल्ला भित्रि सकेका छन् भने मंगलबार पनि धनगढीबाट चार वटा बस बझाङका लागि आएको भन्ने जानकारी पाएको र काठमाडौबाट पनि बझाङका मान्छेहरु आएको समेत उहाँले बताउनुभयो । बाहिर जिल्लाबाट मान्छेहरु अन्धाधुन्द आउन थालेपछि जिल्लामा कोरोना भाईरस फैलन सक्ने भन्दै प्रहरी प्रशासनले उच्च सर्तकता अपनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?