डा. प्रमोद सुवेदी / डा. कृतिका पौडेल
अहिले सारा विश्व कोरोना महामारीको प्रकोपले आलसतालस परेको छ । २०१९ को अन्तिम साता चीनको हुबेई प्रान्तको बुहानबाट फैलिन थालेको नोबल कोरोना भाइरसले संसारको धेरैजसो(१८५ भन्दाबढी)राष्ट्रलाई आक्रान्त पारेको छ । यो लेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठन (डब्लु.एच. ओ) का अनुसार यो भाइरसको सङ्क्रमणहालसम्म करिब ३२ लाखभन्दा बढिमा देखिसकेको छ भने दुई लाख २८ हजार जतिको मृत्यु भइसकेको छ ।दक्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, बङ्गलादेशका साथै छिमेकी राष्ट्रहरु चीन र भारतमा कोरोना भाइरस डिजिज (कोभिड–१९) का कारण हजाराँै मानिसहरु सङ्क्रमित भइरहदा नेपालमा पनि अहिलेसम्म ५७ जना सङ्क्रमित भएका छन् । नेपाल सरकारले यस भाइरसको फैलावट रोक्न लकडाउन सुरु गरेको ४० दिन पुगिसकेको अवस्थामा यस लेखमार्फत विगत चार महिनादेखि अनपेक्षित रूपमा फैलिदै गएको यो भाइरसको सञ्जाललाई प्रस्तुत गर्न खोजिएको छ । साथै विभिन्न आधिकारिक संस्थाहरूको रिर्पाेटलाई आधार मानेर यो अवधिभरी विश्वमा घटेका महत्वपूर्ण घटनाहरूलाई श्रृङ्खलाबद्घ रूपमा अभिलेख गर्न खोजिएको छ।
नोबल कोरोना सम्बद्घ क्रमागत विश्वघटनाहरू:
डिसेम्बर (पौष)
डिसेम्बर ३१ः चीनको वुहान नगर स्वास्थ्य समितिले २७ वटा कारण पत्ता नलागेको निमोनियाका केसहरू डब्लु.एच.ओमा खबर गर्यो ।
जनवरी (पौष–माघ)
जनवरी १ः सरुवा रोग फैलिएको आशङ्कामा चीनको वुहानस्थित हुनान सिफुड होलसेल मार्केट बन्द गरियो।
जनवरी ५ःडब्लु.एच.ओद्वारा पहिलो पटक चीनको वुहानमा नयाँ रोग फैलिएको समाचार सार्वजनिक गरियो।
जनवरी ७ः चिनियाँ पदाधिकारीहरूद्वारा नयाँ भाइरस पत्ता लागेको घोषणा गरियोे । उक्त भाइरसलाई २०१९–एनकोभ (नोबल कोरोना भाइरस) नाम दिइयो ।
जनवरी १०ः डब्लु.एच.ओद्वारा जेनेभास्थित आफ्नो केन्द्रीय कार्यालय तथा हरेक देशका आफ्ना पदाधिकारीहरू मार्फत नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको परीक्षण तथा व्यवस्थापनका बारेमा प्राविधिक मार्गदर्शन सार्वजनिक गरियो ।
जनवरी ११ः चीनमा पहिलो नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको निधन भयो ।
जनवरी १२ः चीनले २०१९–एनकोभ को आनुवांशिक अनुक्रम (जेनेटिक सिक्वेन्स) सार्वजनिक गर्यो ।
जनवरी १३ः थाइल्याण्डमा पहिलो नोबल कोरोना भाइरस सङ्क्रमितव्यक्ति भेटियोे । कोरोना रोग चीन बाहिर देखिएको यो नै पहिलो घटना थियो ।
जनवरी २०ः डब्लु.एच.ओको विशेषज्ञ टोलीले वुहान प्रान्तको स्थलगत अवलोकन गर्यो ।
जनवरी २४ः नेपालमा पहिलो नोबल कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको थियो । एकतीस वर्षीय ती बिरामी वुहानबाट बिदामा नेपाल फर्केका थिए ।
जनवरी ३०ः डब्लु.एच.ओले नोबल कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी आपतकालीन (ग्लोबल इर्मजेन्सी) को रूपमा घोषणा गर्योे (यस अघि सार्स, बिफर, स्वाइन फ्लू, पोलियो, जिका, अनि इबोला भाइरसको सङ्क्र्रमणलाई पनि विश्वव्यापी आपतकालीन सङ्कटका रूपमा घोषणा गरिएको थियो ।)
फेब्रुअरी (माघ–फाल्गुन)
फेब्रुअरी २ः फिलिपिन्समा नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको मृत्यु भयोे । कोरोनाका कारण चीनभन्दा बाहिर भएको यो पहिलो मृत्यु थियो ।
फेब्रुअरी ११ः डब्लु.एच.ओले केन्द्रीय कार्यालयमा कोभिड–१९ अनुसन्धान तथा आविष्कार भेलाको आयोजना गर्यो । उक्त भेलामा विश्वभरिका ४०० भन्दा बढी विशेषज्ञहरूकासाथै दाताहरूको संलग्नता थियो ।
इन्टरनेशनल कमिटि अन टेक्सोनोमी अफ भाइरस (आई सि टि भि)द्वारा नयाँ भाइरसको नाम सिभिएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस—२ (सार्स–कोभ–२) घोषणा गरियो ।
सोहि दिन डब्लु.एच.ओद्वारा सार्स–कोभ–२ ले निम्ताएको र कारण पत्ता नलागेको निमोनियालाई कोभिड–१९ नामाकरण गरियो ।
फेब्रुअरी १४ः इजिप्टमा पनि नोबल कोरोना भाइरसको पहिलो सङ्क्रमण देखियो । अफ्रिकामा देखिएको यो पहिलो सङ्क्रमण थियो । सोहि दिन फ्रान्समा पनि यो भाइरसको सङ्क्रमणबाट पहिलो बिरामीको मृत्यु भयो । युरोपका लागि यो पहिलो घटना थियोे ।
मार्च (फाल्गुन–चैत्र)
मार्च १ः नेपाल सरकारद्वारा नेपाल भ्रमण वर्ष प्रबद्र्घनका सामग्रीहरूको प्रचारप्रसारमा रोक लगाउने निर्णय गर्यो । यसै गरि चीन, दक्षिण कोरिया, जापान, इटाली, र इरानबाट नेपाल आउने सबै पर्यटकको भिसा अन अराइभल सुविधा खारेज गर्ने निर्णय गरियो ।
मार्च ११ः डब्लु.एच.ओद्वारा नोबल कोरोना भाइरसलाई महामारी (प्यान्डेमिक)को रूपमा घोषणा गरियो ।
मार्च १३ः नेपाल सरकारद्वारा विदेशबाट नेपाल भ्रमणमा आउने सबै पर्यटकको भिसा अन अराइभल सुविधा खारेज गर्ने निर्णय गरियो । यसै दिन अमेरिकामा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सङ्कटको घोषणा भयो ।
मार्च १९ः नोबल कोरोना भाइरसको महामारी सुरु भएदेखि पहिलोपटक चीनमा नयाँ सङ्क्रमण भेटिएन ।
मार्च २३ः नेपालमा दोस्रो कोभिड–१९ को केस देखियो । १९ वर्षिया उक्त किशोरी फ्रान्सबाट कतार हुदै नेपाल आएकी थिइन ।
मार्च २४ः नोबल कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न नेपाल सरकारद्वारा देशभरि नै बन्दाबन्दी (लकडाउन) को घोषणा गरियो । सोहि दिन जापानको टोकियोमा हुने भनिएको समर ओलम्पिक अर्को वर्षसम्मका लागि स्थगित गरियो ।
मार्च २५ः नेपालमा तेस्रो कोभिड–१९ को बिरामी देखियो । ती बिरामी संयुक्त अरब इमिरेट्सबाट नेपाल फर्केका थिए ।
मार्च २७ः नेपालमा चौथो कोभिड–१९ को बिरामी देखियो । चौतीस वर्षीय ती बिरामी मध्यपूर्व बाट नेपाल फर्केका थिए ।त्यही दिनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई नोबल कोरोना भाइरसबाट सङ्क्रमण भएको सार्वजनिक गरे ।
मार्च २८ः नेपालमा पाचाँै कोभिड–१९ को बिरामी देखियो । सङ्क्रमित उन्नाइस वर्षीया ती किशोरी बेल्जियमबाट कतार हुदै नेपाल फर्केकी थिइन ।
मार्च २९ः नेपाल सरकारद्वारा देशैभरि गरेको लकडाउन अप्रिल ८ सम्म बढायो । साथै, वैदेशिक उडानहरूलाई १५ अप्रिलसम्म रोक लगाइयो ।
मार्च ३०ः जापानको टोकियोमा हुने भनिएको समर ओलम्पिक सन् २०२१ मा गर्ने घोषणा गरियो ।
अप्रिल (चैत्र–बैशाख)
अप्रिल १ः अमेरिकाको कनेक्टिकटमा नोबल कोरोना भाइरसबाट ६ हप्ताको बच्चाको निधन भयो । कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये यो सबैभन्दा कम उमेरको घटना थियो ।
चिनिया सरकारद्वारा नोबल कोरोनाबाट हुन सक्ने थप महामारी रोक्न आफ्नो मध्य भागमा पर्ने हेनान प्रान्तका सबै गाउँमा लकडाउन गर्ने घोषणा गर्यो ।
अप्रिल २ ः नेपालमा छैठौ कोभिड–१९ को बिरामी देखियो । सङ्क्रमित ६५ वर्षकी बागलुङकी ती महिला कतार एयरलाइन्स हुदै नेपाल फर्केकी थिइन् ।
विश्वभरि गरेर नोबल कोरोना भाइरसबाट १० लाखभन्दा बढि बिरामी सङ्क्रमण भइसकेको जानकारी सार्वजनिक भयो ।
अप्रिल ३ ः अमेरिकास्थित ह्वाइटहाउस तथा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) द्वारा सर्वसाधारणमा कपडाको मास्क प्रयोग गरि यस भाइरसको फैलावट तथा रोकथाममा सहयोग गर्न अपिल गरियो ।
अप्रिल ४ ः नेपाल भित्र नोबल कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको पुष्टि भयो । उक्त केस ३४ वर्षकी कैलाली निवासी महिलामा देखिएको थियो । यसका साथै भारतबाट फर्केका थप दुईजनामा नोबल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भयो ।
अप्रिल ५ ः इटालीमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५००० नाघ्यो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई थप कोरोना परीक्षणका लागि अस्पताल लगियो ।
अप्रिल ६ ः नोबल कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या १०००० पुग्यो । यसै गरि इटालीमा एकैदिनमा ६३७ जना संक्रमित बिरामीको निधन भयो । सबै गरेर इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या १६५२३ पुग्यो । यो महामारी सुरु भएदेखि चीनमा नयाँ संक्रमितको संख्या शून्य भएको दिन पनि यही थियो ।
अप्रिल ७ ः बेलायतमा एकैदिनमा ७८६ नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको मृत्यु भयोे । यसैगरि अमेरिकामा पनि एकैदिनमा १२०० सङ्क्रमित बिरामीको मृत्यु भयो । मृत्यु हुनेमा ८०६ जना न्यूयोर्कका मात्रैे थिए । फ्रान्समा पनि एकैदिनमा १४१७ जना सङ्क्रमित बिरामीको मृत्यु भयो ।
अप्रिल १० ः विश्वभरिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १००,००० नाघ्यो ।
अप्रिल ११ ः नेपालमा कोभिड–१९ को थप तीन बिरामी भेटियो । वीरगञ्जमा बस्दै आएका उनीहरू भारतीय नागरिक थिए ।
अप्रिल १३ः नेपालमा कोभिड–१९ को थप दुई बिरामी भेटियोे । कैलाली निवासी ६५ वर्षीया महिला र रौतहट निवासी १९ वर्षीय पुरुषमा सङ्क्रमणदेखिएको थियो ।
अप्रिल १४ः नेपालमा कोभिड–१९ को थप दुई बिरामीहरू भेटियो । काठमाडौँ पेप्सिकोलास्थित सनसिटि अर्पाटमेन्टमा बस्ने ५८ वर्षीय पुरुष अनि ८१ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो । उक्त परिवार बेलायतबाट हालसालै नेपाल फर्किएका थिए । नेपाल सरकारद्वारा लकडाउनलाई अप्रिल २७ सम्म लम्बाइएको घोषणा गरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डब्लु.एच.ओ लाई दिने आर्थिक सहयोग रोक्का गर्ने घोषणा गरियो ।
अप्रिल १७ः नेपालमा कोभिड–१९ को १४ वटा नयाँ बिरामीहरू थपिए । ती मध्ये उदयपुर एकान्तबासमा (क्वारेन्टिन) बस्दै आएका १२ जना (११ जना भारतीय र १ जना नेपाली नागरिक) र चितवनमा बेलायतबाट फर्केका २ जना थिए ।
अप्रिल १८ः २३ मार्चदेखि उपचाररत, नेपालको दोस्रो र छैठौँ कोरोना सङ्क्रमित बिरामीलाई सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरियो । नेपालमा एउटा थप नयाँ कोभिड–१९ को बिरामी थपियो । उनी ६५ वर्षीय भारतीय नागरिक भएको जानकारी प्राप्त भयो ।
अप्रिल १९ः ४ अप्रिलदेखि सेती प्रदेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवकको कोरोना सङ्क्रमणको सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरियो । चिले राष्ट्रले कोभिड–१९ को उपचारपछि निको भएका बिरामीलाई इम्युनिटी कार्ड प्रदान गर्ने निर्णय ग¥यो । उक्त कार्डहोल्डरलाई उपचारपछि आफ्नो नियमित काममा फर्कन सहज हुने बताइएको छ ।
अप्रिल २१ः नेपालमा कोभिड–१९ को थप ११ केस थपियो । उक्त बिरामीहरू उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रमा भेटिएका थिए । सेती प्रदेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको कोरोना सङ्क्रमणको सफल उपचारपछि अस्पतालबाट फिर्ता गरियो ।
अप्रिल २२ः नेपालमा कोभिड–१९ को थप ३ केस थपियो । उक्त बिरामीहरू उदयपुरमा भेटिएका थिए । त्यस्तै दुईजनाको कोरोना सङ्क्रमणको सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरियो ।
अप्रिल २३ः नेपालमा कोभिड–१९ को थप ३ केस थपियो । उदयपुरकी ५५ वर्षीया महिला र १४ वर्षीय पुरुषमा उक्त सङ्क्रमण देखिएको हो । त्यस्तै दुईजनाको कोरोना सङ्क्रमणको सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरियो ।
अप्रिल २४ः नेपालमा कोभिड–१९ को थप १ केस थपियो ।
अप्रिल २५ः नेपाल सरकारद्वारा वैदेशिक उडानहरूलाई मे १५ सम्म रोक लगाइयो ।
अप्रिल २६ः नेपालमा कोभिड–१९ को थप ३ केस थपियो । तीमध्ये ५० वर्षीय दुई पुरुषमा उक्त सङ्क्रमण देखिएसगँै उनीहरुको नारायणी अस्पताल विरगञ्जमा उपचार थालिएको छ । नेपाल सरकारद्वारा देशैभरि गरेको लकडाउन मे २ सम्म बढाइयो । विश्वभरिमा कोभिड–१९ बाट मृत्यु २००,००० नाघ्यो ।
अप्रिल २८ः नेपालमा कोभिड–१९ को थप २ केस थपियो । रौतहट निवासी २१ र २४वर्षीय पुरुषमा उक्त सङ्क्रमण देखिएको हो । विश्वभरिमा नोबल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३० लाख नाघ्यो ।
अप्रिल २९ः नेपालमा कोभिड–१९ को थप ३ केस थपियो । उक्त सङ्क्रमण पर्सा निवासी ४६ वर्षीय पुरुष र बारा निवासी ३१ र ४३ वर्षीय पुरुषमा देखिएको हो ।
सबै गरेर नेपालमा नोबल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । यो सँगै सफल उपचार पछि अस्पतालबाट फिर्ता हुनेको सङ्ख्या १६ र उपचाररत सङ्क्रमित बिरामीको सङ्ख्या ४१ पुगेको छ ।
लेखकद्वय
डा. प्रमोद सुवेदी (पि.एच.डि., बायोकेमेस्ट्री एण्ड जेनेटिक्स, ला ट्रोब युनिभर्सिटी, अष्ट्रेलिया)
डा. कृतिका पौडेल (पि.एच.डि., कम्युनिटि हेल्थ नर्सिङ्ग, होक्काइडो युनिभर्सिटी, जापान)