logo
२०८१ मंसिर १२ बुधवार

  ८१ वर्षीयको कोरोना माथिको विजय यात्रा  



सहज मृत्युका लागि घर आए, राम्राे हेरचाहले नयाँ जीवन पाए

पढ्नै पर्ने |
समाज |


सहज मृत्युका लागि घर आए, राम्राे हेरचाहले नयाँ जीवन पाए


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख २१ गते । सूर्यकान्त सुरी नथवानी घरमै मृत्युको सामना गर्ने भनेर अस्पतालबाट फर्किनुभयो । ८१ वर्षीय सुरीले आफ्नो छोराको हात समातेर घरमै मृत्युको सामना गर्न दिन आग्रह गर्नुभयो । “मलाई वाचा गर, यदि मेरो मृत्यु हुन्छ, मलाई यहीं छोड, फेरि अस्पताल नपुर्याउ ।” – छोरा राज नथवानीले सिएनएनसँगको कुराकानीमा बुवाको आग्रह खुलाउनुभयो ।
५५ वर्षीय राजले आग्रह स्वीकार गरेपनि बुवालाई बचाउने उहाँको आफ्नो क्षमतामा निर्भर थिएन । राजले जनवरी महिनादेखि कोरोनाभाइरसको विश्वब्यापी संक्रमणबारे सूक्ष्मरुपले अध्ययन गर्नुभएको थियो । जसमा एकै परिवारका आधादर्जन व्यक्तिको मृत्युदेखि इटालीमा स्वास्थ्य प्रणाली ध्वस्त हुने संकटमा पुगेको समाचार र रिर्पोट थियो । र उमेरले गर्दा आफ्नो बुवाको पनि मृत्यु हुने निचोडमा राज पुगिसक्नुभएको थियो ।
“म बाजी लगाउने मान्छे हैन तर उहाँलाई रोक्न सक्दो पैसा हाल्थें ।”– राजका पारिवारिक चिकित्सक डा. भरत थाकर बताउनुहुन्छ । राज नथवानी, उहाँकी आमा कञ्चन, बुवा सूर्यकान्त, भाइ मनिष बुवालाई बचाउन हरसम्भव प्रयास गरे ।
अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरस महामारीले विश्वभरि कम्तिमा दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको छ । तर मृतकको संख्या अझै बढी हुने अनुमान गरिएको छ ।
लण्डनको वाटफोर्ड अस्पतालबाट घरसम्म ल्याउँदा राज नथवानीलाई कोरोनभाइरसबाट मृत्यु हुने तथ्याङ्कमा बुवा पनि जोडिने चिन्ताले पिरोलेको थियो । अस्पतालबाट ल्याएपछि बुवाले भनेको उहाँ स्मरण गर्नुहुन्छ, “तपाई मर्नुहुन्न, तपाईको पूर्ण हेरचाह गर्छौं ।” बुवालाई यसप्रकारको आश्वासन दिइरहँदा बचाउन सकिने विश्वास भने उहाँमा थिएन । राज नथवानी लण्डनमै एक विज्ञापन एजेन्सीका लागि परिदृश्य निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।
राज आफैं पनि गत् नोभेम्बरमा हृदयघातको आक्रमणले अस्पताल भर्ना भएर निको हुनुभएको छ । र मार्च २३ मा बेलायतमा लकडाउन सुरु हुनुअघि महामारीको सामनाका लागि तयारी गर्नुभएको थियो । उहाँ बुवा, आमासँगै सेल्फ आइसोलेशनमा बस्नुभयो ।
मार्च २५ मा अचानक बुवाको अवस्था बिग्रिदै गयो । घरसम्म पैदल हिंडेर दश मिनेट पुग्ने बाटो तय गर्न बुवालाई ४५ मिनेट लाग्यो । उहाँको फोक्सोको अवस्था प्रष्ट हुँदै थियो । थकित देखिनुहुन्थ्यो । यद्दपी उहाँको शारीरिक तापक्रम उच्च देखिएको थिएन । खोकीको लक्षण देखिएन । राष्ट्रिय स्वास्थ्य विभागले कोभिड–१९ को लक्षणबारे प्रकाशन गरेको सूचना बमोजिम लक्षणहरु नमिलेपनि राजले बुवामा कोभिड–१९ भएको हुनसक्ने आशंका गर्नुभयो ।
भोलिपल्ट बुवालाई श्वास लिन कठिनाइ भएपछि परिवारले चिकित्सकलाई बोलाए । अस्पतालमा भर्ना भएको केही समयभित्रै राजलाई खबर गरियो । उहाँले अस्पतालका अधिकारीलाई उद्धृत गर्दै भन्नुभयो, “सूरीमा भाइरसको संक्रमण रहेको ९५ प्रतिशत सुनिश्चि छ, डिस्चार्ज गरेर घर पठाउन चाहन्छौं ।”
राजलाई एक जना वरिष्ठ कन्सल्टेन्टले सूरीको स्वास्थ्य बिग्रिदै गयो भने भेन्टिलेटरमा राख्न नसकिने जवाब दिए । पहिलेदेखि नै सूरी क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी रोग ग्रसित हुनुहुन्थ्यो । जसले गर्दा भेन्टिलेटरले धान्न नसकिने अवस्था आउने चिकित्सकले जवाब दिएको थियो । सूरीबारे बुझ्न सीएनएनको टोली अस्पताल पुग्दा आधिकारिक प्रतिक्रिया दिइएन । सूरीलाई दिइएको डिस्चार्ज कागजमा ‘पुनरुत्थान नहुने’ उल्लेख गरिएको छ ।
भेन्टिलेशनले ज्यान जोगाउँछ । तर साधारण अवस्थामा मात्रै । तर आईसीयूमा भर्ना गर्ने बित्तिकै वृद्ध व्यक्तिको ज्यान जोगिने सुनिश्चित हुन्न । राज कहाँ दुईवटा विकल्प थियो । अस्पतालमा छोडेर आउने वा घर ल्याएर उहाँलाई आराम हुने गरी हेरचाह गर्ने । उहाँ घरका अन्य सदस्यहरुमा पनि कोरोनाभाइरसको संक्रमण फैल्ने जोखिमका बीच दोस्रो विकल्प अपनाउनुभयो ।
अस्पतालबाट घर पुर्याउन कुनै एम्बुलेन्स सेवा नहुँदा स्थानीय टयाक्सीमा बुवालाई लिएर उहाँ वार्टफोर्डस्थित आफ्नो घर पुग्नुभयो । घरको सरसफाइसँगै आमालाई भुँइतल्लामा र पहिलो तल्लालाई अस्पतालको वार्ड झैं परिणत गर्नुभयो । अस्पतालले हेरचाहका लागि दिएको सुझाब र आफ्नो क्षमता र ज्ञानले भ्याए बमोजिम उहाँ जुटनुभयो ।
उहाँले गुगल स्प्रेडशिट तयार गर्नुभयो । बुवाको शरीरको तापक्रम, रक्तचाप, अक्सिजन स्याचुरेशन नाप्ने उपकरण खरिद गर्नुभयो । बुवा भएको कोठामा थोरै समय बिताउन उहाँले सानो मोनिटरमा आईप्याड जडान गरी बुवाको शारीरिक गतिविधिबारे जानकारी राख्ने उपायहरु अपनाउनुभयो ।
सामान्य अभ्यासकत्र्ता समेत रहेका पारिवारिक साथीलाई परेको बेला सुझाबका लागि राजले आग्रह गर्नुभयो । यी सबैका बावजूद राज भन्नुहुन्छ, “बुवा बस्नुहुने कोठामा पहिलेदेखि नै निरन्तर वायुको सञ्चार हुने (सीपीएपी) उपकरण जडित हुनु महत्वपूर्ण रहन गयो ।” बुवालाई श्वास लिन समस्या हुने बित्तिकै उपकरण सक्रिय बनाएको उहाँ बताउनुहुन्छ ।
अस्पतालबाट डिस्चार्ज गरेको तीन दिनपछि सूरी खान संघर्ष गरेको अवस्थामा पुग्दा राजले बुवाको अन्तिम समय आइसकेको निचोडमा पुग्नुभयो । किनभने उहाँको मस्तिष्कसम्म वायुको सञ्चार राम्ररी हुन सकेको थिएन । अघिल्लो दिन डा. थाकरले सूरीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको खबर दिनुभयो । त्यत्तिबेला थाकरसहित बेलायती चिकित्सकहरुमा पीपीईको अभाव थियो । यस्तो अवस्थामा थाकरले आफैं हेर्न नगई सूरीलाई घोप्टो परेर सुत्न सल्लाह दिनुभयो । यस्तो अभ्यासले बिरामीको फोक्सोमा वायुको सञ्चार र मात्रा बढाउँछ । र छोराको नियमित हेरचाहले सूरीको स्वास्थ्यमा बिस्तारै सुधार आउन थाल्यो । प्रतिक्रिया जनाउन थालेपछि राजले बुवा निको हुने बाटो समातेको ठहरमा पुग्नुभयो । अहिले उहाँ आफ्नो बगैंचाको पुरा भाग हिंडेर स्वस्थ्य र स्फूर्तरुपले तय गर्नुभएको छ ।
अत्यन्तै अँन्ध्यारो क्षणमा एउटा सही कार्यनीति र थोरै भाग्य मात्रै मानिस कहाँ उपलब्ध हुन्छ । जसलाई सही रुपले सदुपयोग गरे बाटो बदलिन सक्छ
(सिएनएनको समाचारमा आधारित)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?