logo
२०८१ मंसिर १५ शनिवार

  कोशी अस्पतालका ३१ संक्रमितको व्यबस्थापन  



भारतीयले फोनमा आफन्तलाई भने–आराम छौं, सन्तुष्ट छौं

पढ्नै पर्ने |
प्रदेश |


भारतीयले फोनमा आफन्तलाई भने–आराम छौं, सन्तुष्ट छौं


नवराज कट्टेल
विराटनगर, वैशाख २२ गते । कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १२ जना भारतीय नागरिकले आफन्तलाई आफुहरुको उपचारमा कुनै कमी नभएको सन्देश दिइएका छन् ।
नेपालमै छँदा कोरोना संक्रमण देखिएपछि कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः उनीहरुले फोनमार्फत आफन्तसँग कुराकानी गर्दै खुशीको सेन्देश सुनाएका हुन् ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राका अनुसार उनीहरुलाई अस्पतालले नै फोन गर्ने सुविधा उपलब्ध गराएको थियो । आइतबार (हिजो) भारतमा रहेका आफन्तसँग कुराकानी गर्दै उहाँहरुले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराउनु भयो, मेसु मिश्राले भन्नुभयो–हाम्रो उपचार बारे सन्तुष्ट रहेको सन्देश दिनुभएको छ ।
अस्पतालमा भर्ना भएका नेपाली नागरिकमध्ये धेरैसँग फोन रहेको छ । तर, इस्लाम तबलिकी जमात समुहमा रहेका भारतीय नागरिकसँग फोन गर्ने सुविधा नभएको मेसु मिश्राको भनाई छ । हामीसँग उहाँहरुले फोनमा कुरा गर्ने ईच्छा जनाउनु भयो, मेसु मिश्राले भन्नुभयो–तत्कालै उहाँहरुलाई आफन्तसँग कुरा गर्ने वातावरण बनाएपछि मज्जाले कुरा गर्नु भएको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहेका बखत १२ जना भारतीय र १७ जना नेपाली नागरिकमा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये ११ भारतीयसहित एकजना नेपालीलाई गत बैशाख ६ गते र त्यसपछि संक्रमण पुष्टि हुँदै गएका थप १७ जनालाई अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ उपचार केन्द्रमा त्यस बाहेक भोजपुर र झापाका एकएक जना संक्रमितको उपचार भईरहेको छ । भर्ना भएमध्ये ३० जना इस्लाम धर्मालम्बी रहनु भएको छ । कोशी अस्पतालमा कुल ३१ जनाले उपचार गराइ रहनु भएको छ ।
मेसु मिश्राका अनुसार बैशाख ६ र ७ गते संक्रमण पुष्टि भएकामध्ये १३ जनाको अस्पताल भर्नापछि संक्रमणको अवस्था बुझ्न पहिलो चरणको स्वाब समेत संकलन गरिएको छ । उनीहरुको दोस्रो स्वाब आज (सोमबार) संकलन गरिदैं छ । पहिलोको रिपोर्ट आएको छ तर दोस्रो नआई सार्वजानिक गर्न मिल्दैन, मेसु मिश्राले भन्नुभयो–दुबै रिपोर्ट आएपछि म्याच गरेर हामीले सार्वजानिक गर्नेछौं ।
कोरोना भाइरस संक्रमण पुष्टि भएदेखि अस्पतालमा रहनु भएका कसैको पनि स्वास्थ्यमा समस्या नदेखिएको फिजिसियन डा.डेनप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले उपचार प्रणालीदेखि अन्य आवश्यकतालाई सिस्टममा राखेर समाधान खोज्ने काम भईरहेको बताउनुभयो ।
चिकित्सकले विरामीको कन्ट्रोल रुमबाट २४ सै घण्टा निगरानी र आवश्यकता अनुसार उनीहरुसँग प्रत्यक्ष कुराकानी गर्ने गरिरहेको डा.आचार्यले बताउनुभयो । अस्पतालका प्रत्येक वाडमा सिसी टिभीले जडान गरिएकोले कन्ट्रोल रुममा बसेर प्रत्येक विरामीको गतिविधिलाई नियाल्ने काम गरिदैं आएको छ ।
उहाँका अनुसार संक्रमित देखिएर अस्पताल भर्ना भएका भारतीय नागरिकहरुको छुट्टै समुह बनाइएको छ । उनीहरुलाई एउटै कोठामा राखेर माग अनुसारको सुविधामा समेत ध्यान दिइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?