logo
२०८१ मंसिर १५ शनिवार



कोशी अस्पतालका छ संक्रमितमा कोरोना दुई पटक नेगेटिभ, बुधबार डिस्चार्ज गरिदै

पढ्नै पर्ने |
प्रदेश |


कोशी अस्पतालका छ संक्रमितमा कोरोना दुई पटक नेगेटिभ, बुधबार डिस्चार्ज गरिदै


नवराज कट्टेल

विराटनगर, बैशाख २३ गते । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जनामा दोस्रो र तेस्रो पटक पनि कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।
उदयपुरको भुल्केबाट बैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाईरस नेगेटिभ देखिएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार दोस्रो र तेस्रो पटकको परीक्षणमा समेत कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार विहान घर पठाईने भएको छ । कोरोना परास्त गर्नेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहनु भएको सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
कोरोना भाईरस नेगेटिभ देखिएका ६ जनालाई रानीस्थित मस्जिदमा रहेको क्वारेन्टाइनमा सारिने कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना परास्त गरिसकेका उनीहरुको थप एउटा रगत परीक्षण समेत आज रातभरमा गरिने छ ।
सुरुका १३ जनाको यस अगाडि स्वाब संकलन गरि परीक्षण गरिएको छ । त्यसपछि पुनः दोस्रो पटक सोमबार स्वाब संकलन गरिएको थियो । दोस्रो स्वाबमा ६ जनामा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिने तयारी गरिएको छ । सोमबार नै अस्पतालमा भर्ना भएका थप १५ जनाको समेत स्वाब संकलन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?