सराेज ढुंगेल
ललितपुर, वैशाख ३१ गते । लतिलपुरको निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको भवनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सिल गरेको छ ।
भक्तपुरमा कोरोना सङ्क्रमण देखिएकी एक युवती निदान अस्पतालमा कार्यरत रहेको पाइएकाे र निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको एकै भवनवाट सञ्चालन भैरहेकाले दुवै भवनलाई सिल गरिएको महानगरीय प्रहरी परिसर लतिलपुरका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
अहिले जिल्ला जनस्वास्थ्यका स्वास्थयकर्मीले अस्पतालमा कार्यरत कर्मचारीकाे स्वाब सङ्कलनकाे तयारी गरिरहेकाे र उनीहरूकाे स्वाब परीक्षण रिपाेर्ट नआएसम्म सिल रहने ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकबहादुर राईले बताउनुभयाे ।