logo
२०८१ मंसिर १२ बुधवार



रौतहटको ईशनाथ नगरपालिकामा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

पढ्नै पर्ने |


रौतहटको ईशनाथ नगरपालिकामा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर
तस्विर–फाइल


कृष्ण तिवारी
रौतहट, जेठ १६ गते । रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रबार झडप भएको छ । ईशनाथ नगरपालिकामा बिहीबार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो ।

ईशनाथ-७, जोकहामास्थित अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोना सङ्क्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान चिकित्सक र सुरक्षाकर्मी पुग्दा भएकाे वादविवादले उग्र रुप लिएको थियो । सङ्क्रमितहरूलाई अन्यत्र नलगेर सोही नगरपालिकाभित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रहरीको गाडीहरूमा तोडफोड भएको छ तर कुनै अप्रिय घटना नघटेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ । यसअघि बिहीबार पनि जिल्लाको कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई लिएर स्थानीय र प्रहरीबिच झडप भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?