काठमाडौँ, जेठ २२ गते । लकडाउनका कारण बन्द रहेकाे राजधानीको मुख्य बजार महाबौद्ध, न्यूरोड तथा असनका पसलहरू खुल्न थालेका छन् ।
बिहीबार बिहानैदेखि काठमाडौँकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको न्युरोड, महाबौद्ध, ठमेल र असनको बजार सञ्चालनमा आएका हुन् ।
लामो समयपछि पसल खुल्न थालेसँगै यहाँ चलहपहलसमेत बढ्न थालेको छ । सडकमा मानिसको चहलपहल बाक्लो देखिन थालेको छ । सडकमा सवारी साधनको अावागमन पनि बाक्लो देखिएको छ ।
न्युरोड तथा महाबौद्धमा सामान बोकेर हिँड्ने मजदुरहरू देखिन थालेका छन् । केहीले पसलमा थर्मल गन तथा अधिकांश व्यापारीले स्यानिटाइजर राखेर पसल सञ्चालन गरेका छन् ।
तस्विर: सुजन गुरुङ/कविता थापा