मुना हमाल
सुर्खेत, २७ जेठ गते । कर्णाली प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार मङ्गलबार मात्रै २० जना नयाँ सङ्क्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६७१ जना पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा काेराेना सङ्क्रमण भएका सल्यानका १२, सुर्खेतका चार र जुम्लाका दुई जना रहेका छन् ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका एक/एक जना सङ्क्रमित भेटिएका हुन् ।