logo
२०८१ मंसिर १३ बिहीवार



लकडाउन खुलेसँगै सवारी चाप बढ्यो : जाम सुरु (फोटो फिचर)

पढ्नै पर्ने |


लकडाउन खुलेसँगै सवारी चाप बढ्यो : जाम सुरु  (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौँ, साउन ७ गते । सरकारले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्बाध रुपमा चलेका छन् । एक सय २० दिन लामो बन्दाबन्दीको अन्त्यसँगै मङ्गलबार मध्यरातदेखि लकडाउन खुलेको हो ।

लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ । योसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप अत्यधिक देखिएको छ । सवारीको चाप बढेपछि काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ ।

तस्बिर: सुजन गुरूङ/गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?