logo
२०८१ माघ २२ मंगलवार



नेकपा कार्यदलले सर्वसम्मत प्रतिवेदन अध्यक्षद्वयलाई बुझायो

पढ्नै पर्ने |


नेकपा कार्यदलले सर्वसम्मत प्रतिवेदन अध्यक्षद्वयलाई बुझायो


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सर्वसम्मत तयार भएकाे छ । 
शनिबार कार्यदलका सदस्यहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।

कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शङ्कर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?