logo
२०८१ माघ २२ मंगलवार



पर्सामा थप ३६ जनामा सङ्क्रमण पुष्टि

पढ्नै पर्ने |
प्रदेश |


पर्सामा थप ३६ जनामा सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ ९ गते । पर्सामा थप ३६ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको तीन सय स्वाब परीक्षणको रिपाेर्ट पर्साका ३६ र बाराका चार गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका सूचना अधिकृत डा. अतुलेश चौरसियाका अनुसार पछिल्लो पटक गरिएका तीन सय स्वाब परीक्षण गर्दा १३ महिला र २७ जना पुरुष गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । पर्साका ३६ र बाराका चार जना गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो । बाराको प्रसौनी गाँउपालिकाका दुई जना र जीतपुर ब्यारेकका दुई जना गरी चार जनामा सङ्क्रमण देखिएको हो ।

पर्साका ३६ जना सङ्क्रमितमा जगरनाथपुर गाउँपालिकाका चार जनासहित कालिकामाई गाउँपालिका र वीरगञ्ज महानगरपालिकाका रहेको उहाँले बताउनुभयो । पर्सामा नयाँ थपिएका ३६ जना गरी कुल सङ्क्रमितको सङ्ख्या एक हजार ९८० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?