केशवराज पौडेल
काठमाडौं, मंसिर ३ गते । नेपाल विद्युत प्राधिकरणमा विगतका बर्षहरुमा जस्तै यो बर्षपनि तिहारको अवसरमा सहजै विद्युत आपूर्ति गर्ने चुनौती थियो । एक महिनादेखि तिहारको सबै दिनमा विद्युत सेवा सहज रुपमा दिन नेपाल विद्युत प्राधिकरणले तयारीनै थालेको थियो । विशेष गरेर लक्ष्मीपुजाको दिनमा कुनै पनि हालतमा बत्ति जान नदिने योजना प्राधिकरणको थियो ।
नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णय अनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरुलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्रनै गरेको थियो । सोही अनुसार कार्यालय प्रमुख र प्राविधिक कर्मचारीले तिहारमा कार्यालय छाडेका थिएनन् । नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तिहारमा कसरी सहज रुपमा विद्युतको आपूर्ति मिलाउन सकिन्छ भनेर योजनानै बनाउनु भएको थियो । उहाँले काग तिहारदेखिनै नेपालका कुनै पनि ठाउँमा 'टेक्निकल्ली इरर' बाहेकका थप विद्युतको समस्या नहोस् भनेर देशभरीका प्राधिकरणका युनिटलाई निर्देशन दिनु भएको थियो भने कार्यालय नछाड्न निर्देशन दिएको थियो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिना, तिहारमा एक दुई ठाउँमा २/४ मिनेट विद्युत सेवा रोकिनु बाहेक थप समस्या नभएको बताउनुहुन्छ । लक्ष्मीपुजाको दिन बिहानदेखि टीकाको दिनसम्म कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण छोड्नु भएन उपत्यकाका सबै युनिटहरुमा उहाँले एक मिनेट पनि बत्ति जान नदिने र गएमा तत्कालै त्यसको मर्मतमा लाग्न निर्देशन दिनु भएको थियो । उपत्यकासँगै देशका सबै भागमा विद्युत सेवा कटौती नहोस् भनेर प्राविधिक कर्मचारीहरुलाई समेत तयारी अवस्थामा बस्नु भएको थियो । केही ठाउँमा बाहेक धेरै ठाउँमा विद्युत सहज भएको उहाँले स्पष्ट पार्नुभयो ।
जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) पुगेर विद्युत आपूर्तिको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँ कायममुकायम कार्यकारी निर्देशक शाक्य एलडीसी पुग्नु भएको थियो ।
लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत् खपत हुने भएकाले उहाँ त्यहा पुग्नु भएको थियो । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलिमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत् माग अत्यधिक हुने भएकाले मन्त्री त्यहाँ पुग्नु भएको थियो । विद्युतको माग र आपुर्तिको सन्तुलन नबिग्रियोस् भनेर मन्त्री कार्यकारी निर्देशक सहित प्राधिकरणले उच्च तहका कर्मचारी त्यहाँ पुग्नु भएको थियो । तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि मन्त्री पुन सो स्थानमा पुग्नु भएको थियो । मन्त्री प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।
भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्ने गर्दछ । सो केन्द्रमा अत्याधुनिक प्रविधि जडिएको छ । सो केन्द्रमा जडिएको प्रविधीले केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष अवस्थाको बारेमा जानकारी लिन सकिन्छ ।
सामान्य अवस्थामा प्राधिकरणका अनुसार र पिक आवरमा अधिकतम विद्युत् माग १२ सय मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा अहिले १३ सय मेगावाट विद्युत् उपलब्ध भएकाले देशभरी तिहारको समयमा बत्ति गएन । मागभन्दा बढी विद्युत् भएकाले कतै पनि विद्युत् अवरुद्ध नभएको प्राधिकरणका प्रवक्ता तिम्सिनाले बताउनुभयो ।