logo
२०८१ माघ १९ शनिवार



नेता गौतम र बादल अन्तिम समयसम्म पार्टी एकताको पक्षमा दृढ रहने

पढ्नै पर्ने |


नेता गौतम र बादल अन्तिम समयसम्म पार्टी एकताको पक्षमा दृढ रहने


लक्की चौधरी
काठमाडौ, पुस ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’बीच भैंसेपाटीमा छलफल भएको छ । दिउँसो २ बजे नेता बादल भैंसेपाटीस्थित गौतम निवास पुग्नुभएको थियो ।

नेता गौतमका स्वकीय सचिव दीपक टमटाकाअनुसार नेता बादल दिउँसो २ बजे भैंसेपाटी आउनुभएको थियो । दुवै नेताबीच करिब डेढ घण्टा गोप्य छलफल भएको छ । छलफलको विषयबारे बाहिर कसैलाई जानकारी नगराइएको उहाँले बताउनुभयो ।

दुवै नेता अहिलेसम्म कुनै खेमाको भेलामा सहभागी हुनुभएको छैन । यद्यपि दुवै खेमाबाट दुवै नेतालाई तानातान भइरहेको छ । आज बिहान मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरु नेता गौतम र बादल दुवैसँग छलफल गरेका थिए । हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेता बादलबीच बालुवाटारमा छलफल भएको थियो ।

नेता गौतम र बादल दुवैजना अन्तिम समयसम्म पार्टी एकताको पक्षमा दृढ रहने प्रतिबद्धता जनाउँदै आउनुभएको छ । तर पार्टी फुटको दिशामा उन्मुख भइसकेपछि आजको बैठकमा दुवैजना बीच केही न केही खेमामा सरिक हुनेबारे छलफल भएको हुनसक्ने नेता गौतमको सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?