होमराज रानाभाट
गैंडाकोट (नवलपरासी) पुस ८ गते । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ३ मा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाकोृ ज्यान गएको छ ।
बुलिगंटार गाउँपालिका वडा नं १ थामबेसी बाट गैंडाकोट तर्फ आउँदै गरेको ना३ख ५३३९ को टक गैंडाकोट नगरपालिका ३ भोक्रोफाँट को सेतीभीरबाट एक सय मीटर तल खसेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।
सो दुर्घटनामा ज्यान गएका मध्ये मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १७ हटिया बस्ने चालक बर्ष ४५ का सुरेश भुजेल, सोही ठाउँ बस्ने बर्ष ३५ को बलराम श्रेष्ठ र पर्सा जिल्ला ठोरी गौतम नगर बस्ने बर्ष ५० को भीमबहादुर तामागं रहेको जिल्ला प्रहरी कार्यालय पूर्बी नवलपरासीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. ३ कालिगण्डकी करिडोरको काममा प्रयोग भएको सो ट्रक बिहान ७ बजे भीरबाट खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो ।
लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थल गैंडाकोटबाट २६ किलोमिटर उत्तरमा पर्दछ ।
यो पनि