logo
२०८१ मंसिर ९ आईतवार



करण, कुशल र सोमपालले अबुधाबी टी १० लिग खेल्ने

पढ्नै पर्ने |
खेलकुद |


करण, कुशल र सोमपालले अबुधाबी टी १० लिग खेल्ने
तस्विर साभार-पारस खडका


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । नेपालका तीन जना क्रिकेटर यूएईमा हुने अबुधाबी टी टेन क्रिकेट लिगमा आबद्ध भएका छन् । अबुधाबी टी टेन लिगका फ्रेन्चाइजले बुधबार जारी गरेको खेलाडी छनोटको अन्तिम सूचीमा सोमपाल कुशल मल्ल, करण केसी र सोमपाल कामी परेका हुन् ।
नेपाली क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउण्डर पारस खडका यसै साता अबुधाबी टी टेन लिगको टिम अबुधाबीको मेन्टर नियुक्त हुनुभएको थियो । मेन्टर नियुक्त भएपछि उहाँले टी टेन लिगमा नेपाली खेलाडीले अझै धेरै अबसर पाउने विश्वास लिएको प्रतिक्रिया दिनुभएको थियो ।
सोमपाल कामी मराठा अरबियन्सको प्रतिनिधित्व गर्नुहुनेछ । मराठामा टस्किन अहमद, पाकिस्तानका मोहम्मद हाफिज र शोएब मल्लिक, भारतका अलराउण्डर प्रवीण ताम्बे लगायतका खेलाडी रहेका छन् ।
करण केसीले पूणे डेभिल्समा आबद्ध हुनुभएको छ । पूणेमा श्रीलङ्काका थिसारा परेरा र चमारा कपुगेदरा, इंग्ल्याण्डका साम बिलिंग्स लगायतका खेलाडी छन् ।
कुशल मल्ल टिम अबुधाबीसँग सम्झौता गर्नुभएको छ । अबुधाबीमा नेपाली ब्याट्सम्यान कुशलले श्रीलङ्काका अभिष्का फर्नान्डो, इंग्ल्याण्डका एलेक्स हल्स, क्रिस मोरिस, ल्युक राइट, वेष्टइन्डिजका क्रिस गेल र अफगानिस्तानका नजबुल्लाह जर्दनसँगै खेल्ने भएका छन् ।
अबुधाबी टी टेन जनवरी २८ मा सुरु भई फेब्रुअरी छ सम्म चल्नेछ । कुल आठ टोलि सम्मिलित अबुधाबी टी टेनका टोलिहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा बंग्ला टाइगर्स, देल्ही बुल्स, मराठा अरबियन्स र नर्थन वरियर्स रहेका छन् । समूह बी मा डेक्कन ग्लैडिएटर, पूणे डेभिल्स, कलन्दर्स र टिम अबुधाबी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?