अविनाश चौधरी
धनगढी, पुस १४ गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदमुक्त हुनुभएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक व्यवस्थालाई टेकेर मन्त्री बोहरालाई आज पदमुक्त गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रीले आफै सम्हाल्नुहुनेछ ।
नेकपामा पछिल्लो समय उत्पन्न विवादका कारण मन्त्री बोहराको पद बर्खास्त भएको हो । बोहरा प्रधानमन्त्री ओली पक्षमा हुनुहुन्छ भने मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल पक्षमा हुनुहुन्छ । सुदूरपश्चिम प्रदेश सभामा प्रचण्ड–नेपाल पक्ष हालसम्म बलियो छ ।
मुख्यमन्त्री भट्टले नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलसँग छलफल गरेर मन्त्री बोहरालाई पदमुक्त गर्नुभएको जनाइएको छ ।