logo
२०८१ माघ १९ शनिवार

 प्रभावकारी बन्दै ‘लिच थेरापी’ 



जुकालाई चुसाउँदै, रोग निको पार्दै

पढ्नै पर्ने |


जुकालाई चुसाउँदै, रोग निको पार्दै


अमरराज नहर्की
तनहुँ, पुस १५ गते । तनहुँको व्यास नगरपालिका–११ पोल्याङका शङ्कर कैनी घाउ पाकेको बेला जुकालाई चुसाएर निको पार्नुहुन्छ । दूषित रगत (पिप) जुकाले चुसी दिने गरेकोले निको हुने गरेको कैनीले बताउनुभयो । सामान्य चोटपटक लाग्दा पनि गर्मी मौसममा पाक्ने समस्या हुन्छ त्यस्तो बेला जुका खाजेर चुसाउँछु अनि निको हुन्छ’ कैनीले भन्नुभयो ।

गर्मी मौसमा गाउँघरमा सहजै रुपमा जुका पाइन्छ । विशेष गरेर पानी परेको बेला जुका सक्रिय हुन्छ । मानिस तथा जनावरको रगत चुसेर जुका बाँच्ने गर्छ । गाउँघरमा बीचमा काटियो भने पनि जुका मर्दैन एक भाई थिएँ दुई भाई भएँ भन्छ भन्ने प्रचलन छ । यही प्रचलनको कारण अगुल्टोको आगोमा पोलेर जुकालाई मार्ने गरिन्छ । सजिलैसँग पाइने जुका विभिन्न रोगको उपचारको लागि हितकारी हुने देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जुकाको चुसाई (लिच थेरापी) माध्यमबाट समेत बिरामीहरुको उपचार गर्न थालिएको छ ।

केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जुकाको चुसाई माध्यमबाट विभिन्न रोगको उपचार गर्दै आउनु भएको छ । डा.मण्डलले ,युरिक एसिड, टाउँकाको रौ झरेका, अनुहारमा डण्डीफोर आएका,पुरान दाद जुकालाई चुसाएर उपचार गर्दै आउनुभएको छ । यस्तै पायल्स लगायतका रोगका बिरामीको जुकालाई चुसाएर उपचार गर्दै आउनु भएको छ । आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट युरिक एसिडका दुई जना विरामीलाई सफल उपचार भैसकेको डा. मण्डलले बताउनुभयो । एकाथरि टोकेपछि घाउ बनाउने र घाउ बनेको पनि निको बनाउने गरी दुई थरी जुका हुने विष नुहुने जुकालाई चुसाउनुपर्ने डा. मण्डलको भनाइ छ । कमल फूल फूल्ने क्षेत्रमा पाइने जुकाहरु उपचारको लागि उपयोगी हुने गरेको उहाँको भनाइ छ । जुकाले चुस्ने क्रममा निस्किने श्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।

हातको औंला चिलाउने समस्या भएर औषधी सेवन गर्दा हैरान हुनुभएका नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य यस माध्यमबाट उपचार गर्न थाल्नुभएको छ । एक साता अघिदेखि दिनमा एक जुकालाई चुसाउँदा छालाको समस्यामा न्यूकीरण हुदै गएकोले निको हुनेमा आफूलाई विश्वास लागेको आचार्यले गोरखापत्रसँग भन्नुभयो । भारतको मद्रासबाट उपचारको लागि राम्रो हुने पाँच वटा जुका तीन हजारका दरले किनेर ल्याएर उपचार गर्न थालेको डा. मण्डलले जानकारी दिनुभयो । लिची थेरापी विधि नेपालमा भन्दा पनि बिदेशी मुलुकहरुमा अझ बढी मात्रा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । उक्त पद्वतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको डा. मण्डलको भनाइ छ । ‘चुकाएर चुस्याएर रोग निको हुने भएकोले युरोपका देशहरुमा अबौं, खरबौंको चुकाको कारोबार हुने गरेको छ’ डा. मण्डलले भन्नुभयो ।

यस्तो विधिबाट उपचार गर्दा बिरामी निको हुँदै गएपनि यहाँको पानीमा बढी मात्रामा चुन मिसिएको पाइएकोले जुका मर्ने गरेकोले उपचारमा समस्या भएको डा. मण्डलले जानकारी दिनुभयो । लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज बन्ड (मधुमेहका घाउ), हाइपरटेन्सन थ्रम्बोसिस (ब्लड क्लाउट), सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेशन लगायत रोगको उपचार गर्न सकिने डा. मण्डलले जानकारी दिनुभयो । ‘औषधिय गुण भएका जुकाको -यालमा एक सयभन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ’ डा. मण्डलले भन्नुभयो । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुन सहयोग पु-याउने उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?