logo
२०८१ माघ १९ शनिवार



राष्ट्रियसभाको चालु सातौं अधिवेशनको अन्त्य

पढ्नै पर्ने |


राष्ट्रियसभाको चालु सातौं अधिवेशनको अन्त्य


लक्की चौधरी
काठमाडौं, पुस २६ गते । राष्ट्रिय सभाको चालु सातौं अधिवेशन आज आइतबारदेखि अन्त्य भएको छ । संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो । उहाँले राष्ट्रपतिको पत्र सभामा पढेर सुनाउनुभयो ।
मन्त्रिपरिषदको पुस २६ गते विहान बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अध्यक्ष तिमिल्सिनाले सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले चालु अधिवेशन अन्त्य भएको सभालाई जानकारी गराउनुभयो ।
लक्की चौधरी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?