logo
२०८१ माघ ११ शुक्रवार

  सामूहिक आत्महत्या प्रकरण फ्लोअप  



मदिरा र घरेलु हिंसा मुख्य कारण, चारै जना मिलनसार विद्यार्थी

पढ्नै पर्ने |
प्रदेश |


मदिरा र घरेलु हिंसा मुख्य कारण, चारै जना मिलनसार विद्यार्थी


कमल शर्मा
दैलेख, फागुन २६ गते । दैलेखको आठबीस नगरपालिका–३, निमायल बिमलेकी सुकी बढुवालले श्रीमानले दिने याताना सहन नसकेकोर चार सन्तानसहित कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । यो हृदय–विदारक घटनाको मूल कारक श्रीमान मानसिंह बडुवालले मद्यपान सेवन गर्ने र यातना दिने समस्या कारण पाँच प्राणले एक समय आत्महत्या गर्न पुगेको हुनसक्ने अनुमान गरिएको छ 
फागुन २३ गते मानसिंहले गाउँकै एक पसलमा मदिरा सेवन गरेपछि सुकीले नै उहाँलाई घर लग्नुभएको थियो । श्रीमान्लाई घर लगेपछि राती सुकी चार सन्तानसहित घरबाट निस्केको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले २३ गते नै राती ८.०० बजे घरबाट निस्केको र उनीहरूलाई बाटोमा फेला पर्ने एक जना स्थानीय भेटिएको बताउनुभयो । उहाँले एक जना बृद्ध महिलाले कहाँ जान लागेको समेत भनेर सोधेको र उताबाट कुनै जवाफ नआएपछि वास्ता नगरेको भन्ने कुरा खुल्न आएको बताउनुभयो ।

सबै विद्यार्थीको स्वभाव नम्र थियो : प्रधानाध्यापक
आठबिस नगरपालिका वडा –३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययन गर्ने कल्पना वडुवाल र कक्षा पाँचमा पढ्ने सरिता बडुवालको कक्षा तीनमा पढ्ने ललित बडुवाल र कक्षा १ मा पढ्ने रजनी बडुवाल २३ गते आइतवार सबै विद्यालयमा गएका थिए ।
विद्यालयका प्रधानध्यापक उजिरसिह बडुवालले कक्षा सातमा पढ्ने कल्पना बडुुवाल दिउँसो २.०० बजे विद्यालयबाट घरमा काम छ भन्दै शिक्षकसँग बिदा मागेर घर गएको बताउनुभयो । उहाँले चारै जना विद्यार्थीको स्वाभाव नराम्रो थिएन । पढ्नमा मध्ययम खालका थिए कमजोर पनि थिएन । यो घटनाले विद्यालय परिवारलाई समेत बिछिप्त बनाएको छ । उहाँले भन्नुभयो विद्यालयका चार जना विद्यार्थीमध्ये तीन जनाको शव फेला परेको र एक जना अझै बेपत्ता भएका कारण पनि विद्यालय खोलेर संचालन गर्ने सक्ने अवस्था छैन । विद्यार्थी समेत यो घटना बाट विद्यालयमा नआए पछि तीन दिन देखी विद्यालय बन्द छ । शोक प्रस्तावमा कति दिन विद्यालयमा बिदा गर्ने विषयमा समेत शिक्षकहरुको बैठक बसेर गर्ने तयारी गरेका छौ ।
सबैसँग मिल्ले साथी हुन कल्पना
कक्षा ७ मा अध्ययन गर्ने कल्पना बडुवालका मिल्ने साथी थिए कृष्ण थापा । कृष्ण थापाले भन्नुभयो आफुहरु आगाडि पछाडिको बेन्चमा बस्ने गथ्र्यौ । नजानेको कुरा सोध्ने र जानेको कुरा साथीहरुलाई सिकाउने कल्पनाको बानी थियो । उनी सरसंग घर जान्छु भनेर विद्यालयबाट दुई बजे घर गएकी उनी कहिलै नआउने गरी संसारबाट बिदा लिइन् ।पाँच जनामध्ये आमा सुकी बडुवाल,१५ वर्षिया छोरी कल्पना बडुवाल,१२ वर्षिया छोरी सरिता बडुवाल र छोरा १० वर्षीय ललित बडुवालको शव फेला परे पनि सात वर्षिय बालिका रजनी बडुवाल अझै बेपत्ता छन । आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला अछामको जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेका थिए । भने आमा सुकी बडुवाल र छोरा ललित बडुवालको शव मंगलवार दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदिमा दुई जनाको शव फेला परेको थियो ।
जिल्ला प्रहरी प्रमुख श्रेष्ठले कर्णाली नदीमा बेपत्ता भएकी बालिकाकाको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय नागरिकको सहयोगमा खोजी कार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो पौडीबाज हरुले कर्णाली नदिमा डुबेर खोज्ने क्रम जारी छ । गोताखोरको टोली मगाएको भए पनि अहिलेसम्म नआएपछि समस्या भएको बताउनुभयो । उहाँले भेटिएका चारवटै शवको मंगलसेन जिल्ला अस्पतालमा पोष्र्टम्यार्टम भइरहेको जानकारी दिनुभयो ।
आठबिस नगरपालिका – ३ का वडा अध्यक्ष प्रयागबहादुर शाहीले भन्नुभयो सुकीको परिवारको आर्थिक अवस्था मध्यम खालको रहेको बताउनुभयो । उहाँले उनको परिवारमा ३ छोरीसहित एक छोरा र श्रीमान–श्रीमती गरी ६ जना थिए परिवारका मानसिंहले पहिलेदेखि नै मदिरा सेवन गर्ने र परिवारमा झगडा गर्ने गरेका कारण यस्तो घटना भएको हुनसक्छ । थप कुरा प्रहरीको अनुसन्धानपछि पत्ता लाग्ला।’
उहाँले मदिरा सेवनकै कारण यस्ता खालका मुटु नै काँप्ने घटना हालसम्म नभएको बताउनुभयो । सामान्य मदिरा सेवन नगर्ने अहिले त कमै भेटिन्छन्, मदिरा सेवन गरी पारिवारीक झगडापछि यस्तो घटना पहिलोपटक भएको हो ।

चारको दाहसंस्कार गर्ने तयारी एक अझै बेपत्ता
कर्णाली नदीमा हाम फालेर आमासहित बेपत्ता भएकामध्ये चार जनाको शव पत्ता लगाएर पोष्टम्यार्ट गरी दाहासस्कार गर्ने तयारी गरिएको छ भने एक जना बालिका बेपत्ता भएकी छिन । कर्णाली नदिमा हाम फालेर बेपत्ता भएकी आमा सकुी बुडुवाल,छोरीहरु कल्पना बडुवाल,सरिता बडुवाल र छोरा ललित बडुवालको शव भेटाएर पोष्टम्यार्टम पश्चात दाहासस्कारको तयारी गरे पनि कान्छी छोरी रजनी बडुवाल भने अझै बेपत्ता भएकी छिन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्याको कारण समाज पनि

दुर्गमका महिलाहरूले समाजकै कारण पनि आत्महत्या गर्ने गरेका अगुवाहरू बताउँछन्। आठबीस नगरपालिकाकी उप–प्रमुख समेत रहेकी महिला अधिकारकर्मी दीपा बोहरा भन्छिन्, ’समाजमा हुने घटनाको कारक समाज नै हुने गरेको देखिन्छ।’

’समाजले नै हिंसा भोगिरहेका महिलाहरूलाई न्यायालयसम्म पुग्न बन्देज गर्छ, पछि यही समाजमा बस्नुछ, श्रीमान यही हो लगायतका कुराहरू समाजले सुनाउने गरेकाले महिलाहरूले न्यायभन्दा पनि हिंसाको पीडा सहन नसकेर अन्तिम विकल्पको रुपमा आत्महत्याको बोटो रोज्ने गर्छन्,’ उप–प्रमुख बोहोराले भनिन्।आइतवार साझ एकै घरका नावलक छोरा र तीन छोरी सहित आमाले कर्णालीमा हाम फालेर ज्यान गुमाएपछि निमायलमा रहेका ७० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन । निमायल गाउँमात्र नभएर आठबिस नगरपालिका पुरै शोकमग छ । कर्णाली नदिमा हाम फालेर मृत्यु भएका परिवार र आफन्तलाई समबेदना दिन त्यहा पुगेको आफन्तजनहरु सबै भावबिह्वल छन् ।
आठविस नगरपालिका वडा न –३ का अध्यक्ष एवम छिमेकी प्रयागबहादुर शाहीले भन्नुभयो आइतवार २३ गते श्रीमान मानसिह बडुवालले गाउँकै एक पसलमा मद्यपान गरेर होहल्ला गर्न थालेपछि श्रीमती सुकी बडुवालले गएर घरमा ल्याएको र पछि घरमा के बिवाद भयाे भन्ने थाहा भएन । २४ गते बिहान ४ बजेतिर सुकी ४ सन्तान सहित घरबाट निस्केको र २४ गते खोज्दै जाँदा आमा सहित बेपत्ता भएकामध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला प¥यो । वडा अध्यक्ष शाहीले उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेको बताउनुभयो ।
स्थानीय सुरेन्द्र कार्कीले दुई बहिनी १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवाल (नाम्लो)ले बाधेर हाम फालेको अवस्थामा फेला परको बताउनुभयो । उहाँले शव भेटिएको स्थानबाट खोन्दै जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको अक्षाम जोड्ने पुलभन्दा दुई सय मिटर पर रहेको लाड्नेको भीरबाट हाम फालेको पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो दुई बहिनीमा बाँधेको बरियो घरमा डोकोमा लगाइएको थियो । घरमा समय लाग्न र सबैले थहाँ पाँउने भएपछि डोको सहित त्यहा ल्याएको देखिन्छ । त्यहाँ डोको मात्र नभएर चप्पल पनि भेटिएको छ ।
उहाँले भन्नुभयो चप्पल डोको भेटिए छि अन्य बेपत्ता भएका एक छोरी एक छोरा आमालाई खोज्न सजिलो भयो त्यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु खटिए पछि मंगलवार १२ बजे आमा सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो पछि अनुसन्धानमा थप केही प्रमाण भेटिएलान् तर पहिलो प्रारम्भिकमा हेर्दा सबैले आत्महत्या गर्न कर्णालीमा हाम फालेको देखिन्छ ।
पारिवारिक कलह
मृतक सुकी बडुवालले भाई मानेकी हरिबहादुर शाहीले भने घरमा सामान्य बिवाद हुने गरेको बताउनुभयो । उहाँले घरमा श्रीमानले कहिले मद्यपान सेवन गरेर आउँने र घरमा गालि गर्ने समस्याले यो घटना निम्त्याएको अनुमान गरेको बताउनुभयो । उहाँले घरमा छोरीहरु दिन प्रतिदिन ठुलो हुँदै गए पनि बाबुले गर्ने व्यवहारले दिक्क भएर यो निर्णयमा सबै जना पुगेको हुनसक्ने बताउनुभयो ।
कर्णालीका प्रदेशका प्रहरी प्रमुख घटना स्थलमा
एकै घरमा पाँच जनाले कर्णालीमा हाम फालेर बेपत्ता भएकाहरुको खोजी कार्याका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार पन्त घटना स्थल पुग्नुभएको छ । घटना स्थलमा घटनाको प्रकृति,बेपत्ताहरुको खोजी,र स्थानीय नागरिक संग समन्वय गरेर शवको पाष्मार्टम गरी सम्बन्धीत पक्षलाई जिम्मा लगाउँन त्यहा पुगेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

श्रीमान प्रहरीको नियन्त्रणमा
श्रीमती ,तीन छोरी र एक छोरा पाँच जनाले कर्णालीमा हाम फालेर आत्महत्या गरे संगै मृतक सुबी बडुवालका श्रीमान मानसिह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्रेष्ठले भन्नुभयो स्थानीय नागरिकका अनुसार श्रीमान मदिरा सेवन गर्ने र घरमा विबाद हुने कुरा आएको छ । त्यसलै यो घटना घट्न गयो वा अन्य कुनै कारण हो त्यो अनुसन्धान गर्न पनि नियन्त्रणमा लिनुपर्ने भएका कारण अहिले इलाका प्रहरी कार्यालय राकमकर्णालीमा राखेको बताउनुभयो । उहाँले मृत्यु हुने त मृत्यु भइसक्नुभयो अव उहाँलाई कसरी हुन्छ मानिसक रुपमा सक्षम बनाएर घटनाको अनुसन्धान गर्छौ ।

पोष्र्टमार्टमा लागि अक्षाम पु¥याइयो शव
कर्णाली नदीमा सोमवार र मंगलवार दुई दुई जनाको शव भेटिए संगै पोष्र्टमार्टमका लागि अक्षाम पु¥याइएको छ । प्रहरी प्रमुख श्रेष्ठले सोमवार भेटिएका १५ बर्षीया कल्पना वडुवाल, १२ बर्षीया सरिता बडुवालको शवलाई पोष्टमार्टम गर्न अक्षाम पु¥याइएको र अन्य दुई जना आमा ३५ वर्षीय सुकी बडुवाल र १० वर्षीया ललित बडुवालको शव पनि पोेष्टम्यार्टमका लागि पठाउने तयारी गरेको बताउनुभयो ।

खोजी कार्य निरन्तर
कर्णाली नदीमा हाम फालेका पाँच जनामध्ये चार जनाको शव भेटिए पनि एक जना भने बेपत्ता छन । बेपत्ता हुनेमा ७ वर्षीय छोरी रजनी बडुवाल रहेको स्थानीय सुरेन्द्र कार्कीले जानकारी दिनुभयोे । उहाँले स्थानीय युवाहरुले डुग्गाको सहयोगमा छाताको क्रङले निर्माण गरिएको स्थानीय भाषमा च्याउसो भन्ने सामग्रीको प्रयोग बाट बेपत्ता शव पत्ता लागेको र एक जनाको खोज्ने क्रममा जारी रहेको बताउनुभयो ।
प्रहरी प्रमुख श्रेष्ठले भने स्थानीय र नेपाली सेना नेपाल प्रहरी, शसत्र प्रहरीले खोजी गरिहरको र नभेटिएको खण्डमा काठमाडौ र जुम्लाबाट गोतर बोलाउने तयारी गरिरहेको बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?