logo
२०८१ माघ ८ मंगलवार



लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठकविना अन्त्य

पढ्नै पर्ने |


लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठकविना अन्त्य


दीपक ज्ञवाली
बुटवल,वैशाख १९ गते । मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल गर्न आजदेखि बोलाइएकोे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठकविना नै अन्त्य भएको छ ।
बैठक बस्नुअघि नै मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले बैठक अन्त्यको पत्र पठाउनुभएको हो ।
प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो ।
मन्त्रिपरिषदको आज बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंङ्कर पोखरेलको निर्देशनमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको पत्रमा उल्लेख गरिएको छ ।
अधिवेशन अन्त्यको सुचना मध्यान्ह साढे १२ मा टासिएको हो ।
मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर छलफलका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रले ल्याएको प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमाले लुम्बिनी पुनः पोखरेलकै नेतृत्वका संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।
विपक्षी दलहरुले पनि आफ्नो पक्षमा बहुमत जुटाउन लागिपरेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?