इन्दिरा अर्याल
काठमाडौं, बैशाख २९ गते । यो महामारीमा मानिसको घुमफिर रोकिएको छ त्यसैले चराको प्राकृतिक वासस्थान नजिक रहेका धेरै मानिसले कहिल्यै नदेखेका चरा देख्न सक्दछन् । आफूहरु बन्दी भएको भए पनि चराले स्वतन्त्र रुपमा गीत गाएको, विचरण गरेको र हावामा कावा खाएको हेरेर रमाउन सक्छन् ।
चराले जस्तै गाउँन, उड्न र कावा खान आमन्त्रण गर्दै विगतमा झैं यो वर्ष पनि गत शनिवार विश्व आप्रवासी चरा दिवश मनाइयो ।
हरेक वर्षको मे ८ तारीकलाई विश्व आप्रवासी चरा दिवशका रुपमा मनाउने गरिन्छ । यस दिन विश्वमै आप्रवासी चराहरु र तिनिहरुको संरक्षणमा आवाज उठ्ने गर्छ ।
विश्वमा लाखौं अप्रवासी चरा प्रजननका लागि उपयुक्त स्थान वा अन्य स्थानमा पनि जाने गीत गाउने तथा कावा खाने गर्छन् ।
अरब चराहरु उड्दा गीत गाउने गर्दछन् केहिले प्रजनन्का समयमा यसो गर्दछन् । पंक्षीविद् हेम सागर बरालका अनुसार अहिले विश्वव्यापी रुपमै चराहरुको बसाई सरी हिंड्ने प्रचलनमा गिरावट आएको छ । नेपाल पनि यसको अपवाद हुन सक्दैन ।
“नेपालमा जाडो र गर्मी दुबै मौसममा चरा बसोबासका लागि आउथेँ । गर्मीको समयमा उत्तरबाट चरा बसाईसरी आउँछन् भने बर्षाको समयमा दक्षिणबाट बसाईसरी आउँछन्, गर्मीको समयमा भन्दा जाडो समयमा धेरै संख्यामा चरा बसाइँ सरी आउँछन् ”उहाँले भन्नुभयो ।
जाडोमा समयमा १५० प्रजातीका चराहरु नेपाल घुम्न आउँछन् जुन गर्मी समयका जम्मा ६० प्रजाती प्रजनन र तिनिहरुका बच्चा हुर्काउन मात्र आउने गर्दछन् ।
“नेपालमा ६२ प्रजातिका चरा समयमा घुम्न वा आंशिक बसाईसराईका लागि आउने गर्दछन् । दर्जनौँ चराहरु कोईली, स्विफ्ट,, बि इटर, फ्लाईक्याचरस,,चिवेँ । १५० प्रजातीका चराहरु हिउदमा प्यालिआर्टिक (जैविकविविधता युक्त) क्षेत्रबाट चराहरु आउने गर्दछन् । तिनिहरु हाँस ,राजहाँस,बकुल्लाहरु , पिपिट्स, बाहुनि चरी, थ्रस ,बालब्ब्रस,फिन्चेस,बुन्टिङ प्रजाातिका आउछन् ”पंक्षीविद् कृष्ण प्रसाद भुसालले भन्नुभयो ।
बरालका अनुसार गर्मीको आधाआधिसम्म प्रवासी चरा पोखरीमा आश्रित रहन्छन् त्यसैले यिनिहरू पोखरीका छेउछाउमा पाईन्छन । मुख्यतया कोशीटप्पु बन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज , जगदिशपुर जलाधार क्षेत्र र कर्णली नदि आसपासमा पाईन्छन् किनभने यो बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाटाँ राष्ट्रिय निकसञ्जसँग जोडिएको छ । साना साना चरा पोखरीको भरमा मात्र रहन सक्दैनन त्यसैले यिनिहरु बिश्रामको लागि जंगल रोज्ने गर्दछन् ।
त्यस्तै गर्मी आउने चराहरु प्राय जुनसुकै ठाउँमा पनि पाईन्छन् । चराहरुलाई उपयुक्त वातावरण र संरक्षण क्षेत्रको आवश्यकता पर्दछ । तिनिहरु राम्रो संरक्षित क्षेत्रमा रहे भने राम्रोसँग हुर्कन र बच्चा पैदा गर्न सक्षम हुन्छन् । त्यसैले उनिहरु प्रायः राष्ट्रिय निकुञ्न र सुरक्षित स्थानमा रहन्छन् ।
भुसाल जो अन्तर्राष्ट्रिय प्रकृति संघका सदस्य र गिद्ध विशेषज्ञ पनि हुनुहुन्छ । उहाँले भन्नुभयो “नेपाल चरा प्रजातिका साथै जौविक विविधताले असाध्यै धनि देश हो । यति सानो देश नेपालमा ८८६ बढि प्रजातिका चरा पाईन्छन् जुन कुल चरा प्रजातिको करीब ८ प्रतिशत हो । पानी जम्ने पोखरीहरुको विनास , प्रदूषण र अन्य मानवीय क्रियाकलापले गर्दा अहिले चरा बसाई सरी आउने प्रचलन घटेदो छ । यहि कारणले गर्दा नै हिउँदको समयमा चराहरुलाई नेपालमा रहन खतरा छ । ”
पशुपंक्षीबिद् बरालका अनुसार प्राकृतिक वासस्थानको गिरावट, विषादिको प्रयोग, डढेलो र ठूला ठूला विद्युत प्रशारण लाइन र जलवायु परिवर्तन गर्दा पनि चरा संरक्षणमा मुख्य समस्या भैरहेको छ ।
भुषालका अनुसार करीब २० प्रतिशत (१६२ प्रजाति) नेपालका चराहरु लोपन्मुख छन् । यसबाहेक ६२ प्रजाति देशमै रहन्छन् । आठ प्रजातिका चरा अहिले लोप भैसकेका छन् किनभने १९ औ शताब्दिमा नै दुरदर्शी बनेर उनिहरुका बारेमा सोचिएन । विश्वमा पाईने संकटापन्न चराका प्रजातिमध्ये नेपालका ४३ प्रजातिहरु पाइने गरेका छन् ।