logo
२०८१ माघ ७ सोमवार



जसपा ठाकुर र महतो समूहकाे बैठक भक्तपुरमा

पढ्नै पर्ने |


जसपा ठाकुर र  महतो समूहकाे बैठक भक्तपुरमा


आसा साह 

काठमाडौं, वैशाख ३० गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भक्तपुरको एक रिसोर्टमा पुग्नुभएको छ ।
बिहीबार दिउसो आफ्नो पक्षका सांसदलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो भक्तपुरको एक रिसोर्टमा बैठक गरीरहेका जसपाका एक नेताले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ठाकुर–महतो पक्षका सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्टमा लगिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिनुभएको थियो ।
बहुमतको सरकार गठनको लागि दिइएको समय सकिनै लाग्दा दलहरुबीच छलफल तीव्र बनेको छ । बिहीबार बिहान अध्यक्ष ठाकुर र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नु भएकाे थियाे ।
त्यस्तै अहिले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेको छ । पार्टीभित्रको असहमति अन्त्य गर्ने प्रयास स्वरुप वार्ता शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
यसैगरी यता कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता चलिरहेको छ । देउवा निवास बूढानीलकण्ठमा अहिले देउवा र प्रचण्डबीच वार्ता भइरहेको छ । वार्तामा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिनै लागेको बेला उहाँहरुबीच भेट भएको हो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?