गोरखापत्र अनलाइन
कठमाडौं, जेठ १५ गते । सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा गरेको छ । आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नुभएको हो । उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् खपत गर्नेलाई शतप्रतिशत विद्युत् महसुल छुटको व्यवस्था गरिएको छ ।