logo
२०८१ जेष्ठ १ मंगलवार



एमाले केन्द्रीय कमिटी बैठक शुरु, बामदेव गाैतम उपस्थित

पढ्नै पर्ने |


एमाले केन्द्रीय कमिटी बैठक शुरु, बामदेव गाैतम उपस्थित
तस्बीर साभार : एनएफपीजे


लक्की चाैधरी
काठमाडौं, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १३ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरुभएको छ । बैठकमा नेता बामदेव गौतम उपस्थित रहनु भएपनि नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुस्थित रहनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलोगरी १२ः३० मा शुरुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । एमालेको गत बुधबार बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । सो बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

“नेता बामदेव गौतम कमरेड बैठकका लागि बालुवाटारमा उपस्थित भइसक्नुभएको छ, तर नेता नेपाल पक्षका नेताहरुमध्ये कसैको पनि अहिलेसम्म उपस्थिति छैन” पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । एमाले एकता अभियान सञ्चालन गर्दैआउनुभएका नेता गौतम यसअघिसम्म कुनै पक्षको बैठकमा सहभागी हुनुभएको थिएन ।

नेता माधवकुमार नेपाल पक्षको माग बमोजिम केन्द्रीय कमिटी बैठक २०७५ जेठ २ गते अघिको अवस्थाबाट राख्ने निर्णय भएपनि सो पक्षका नेताहरुको उपस्थिति छैन । नेता नेपाल पक्षका नेताहरुको विहिबारको बैठकले केन्द्रीय कमिटी बैठकमा भाग नलिने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकमा सहभागी हुन दुवै पक्ष थप वार्ता र छलफल गरी सहमतिमा पुग्नुपर्ने अडान सो पक्षको बैठकले गरेको थियो ।

बैठक शुरु भए लगत्तै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको नेता बस्नेतले बताउनुभयो । आजको बैठकले अहिलेसम्मको राजनीतिक समीक्षा, पार्टीको भावी कार्यनीति बनाउने विषयमा छलफल गर्ने नेताहरुले बताउनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप