logo
२०८१ मंसिर १२ बुधवार



लुम्विनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बोलाइयो

पढ्नै पर्ने |


लुम्विनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बोलाइयो


छवि पाण्डे ।
बुटवल, साउन २१ गते । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ । लुम्विनी प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ गतेका लागि तोकिएको जनाएको हो ।
प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशनको मिति तोक्नुभएको जनाएको हो ।
यही साउन १८ गते सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?