logo
२०८१ मंसिर ११ मंगलवार



ठाकुर पक्षको नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने तयारी 

पढ्नै पर्ने |


ठाकुर पक्षको नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने तयारी 


काठमाडौं, भदौ २ गते । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बैठकले नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय गर्न लागेकाे जसपाका एक नेताले बताउनुभयाे  । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

ठाकुर पक्षका अनुसार जारी अध्यादेश पहिला राजपत्रमा प्रकाशित हुनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भयो तर राजपत्रमा प्रकाशित भएको छैन । राजपत्रमा प्रकाशित भएपछि मात्रै नयाँ पार्टी दर्तामा जान्छौं । राजपत्रमा आजै प्रकाशित भए ५ बजेसम्म निर्वाचन आयाेगमा जाने तयारी रहेकाे ती नेताले बताउनुभयाे ।

राष्ट्रपति भण्डारी संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश प्रमाणिकरण गर्नुभएपछि ठाकुर पक्ष नयाँ दल दर्ताको तयारीका जुटेको हो ।

गत साउन ११ गते निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यावदलाई आधिकारिकता दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?