मनाेजरत्न शाही /केशव गुरूङ्ग
काठमाडौँ, भदौ ७ गते । गाईजात्रा काठमाडौँ उपत्यकामा विशेष उल्लासका साथ मनाइन्छ । यो पर्व अरु पर्वभन्दा फरक रहेको छ । गाईजात्रा मृतकको आत्माको शान्तिको कामना गर्दै स्वार्गमा बास र मोक्ष पाउन् भनेर मनाइँदै आएको छ । यो पर्व हामी मात्रै होइन हाम्रो जो दिवंगत हुनुभएको छ उहाँहरुले पनि शान्ति पाउन् भनेर विशुद्ध सामाजिकरुपमा मनाइँदै आएको सांस्कृतविद् राजनलाल जोशीले बताउनुभएको छ ।
उहाँका अनुसार गाईजात्रा शास्त्रसम्मत देखिन्छ । यो कहिलेदेखि मनाउन थालियो भन्दा पनि पद्म पुराणमा लेखिए अनुसार र छान्दाे बासिष्ट ग्रन्थमा लेखिए अनुसार १५–१६ सय वर्ष अगाडिदेखि यो पराम्परा रहिआएको छ । त्यो छान्दा बासिष्ट ग्रान्थमा लेखिएको छ–रुद्र नाचेर आउँछन्, ब्रहम बाजा बजाएर आउँछन्, नारद गाउँदै आउँछन्, विष्णु बाजा बजाएर आउने हुनाले यसरी मृतकका नाममा नगर परिक्रम गर्दा मृतकले शान्ति पाउँछ भनि लेखिएको छ । यसैलाई विशेष गरी काठमाडौँ उपत्यकामा निरन्तरता दिइएको छ ।
यसरी निरन्तरता दिने क्रममा मृतकका नाममा मात्रै होइन देवी देवताको पनि मृत्यु हुन्छ भन्ने मान्यता गाँसिएको छ । यो विशेष गरी भक्तपुरमा देख्न सकिन्छ । र देवीदेवताले पनि मोक्ष पाउनुपर्छ भन्ने आशयसहित गाईजात्रा मनाइन्छ ।
उपत्यकाको हकमा स्पष्ट प्रमाणलाई मान्य हो भने नेपाल सम्वत ५०४ देखि यो जात्रा मनाइँदै आएको पाइन्छ । त्यसमा “सायात” भनेर लेखिएको छ । त्यो भनेको नेपालमा प्राप्त सबैभन्दा पुरानो बंशावली गोपालराज वंशावलीमा उल्लेख छ । त्यसमा स्पष्ट लेखिएको छ “सा” भनेको गाई “यात” भनेको यात्रा अर्थात् गाईयात्रा वा गाईजात्रा ५०४ देखि निरन्तर रहि आएको छ ।
कतिपयका अनुसार प्रताप मल्लको छोरा दिवंगत भएपछि शुरु भएको भन्ने प्रचलन छ । तर आफू आधेता भएको कारण पहिले त गोपाल वंशावलीको ५०४ को अभिलेखको आधारमा प्रताप मल्लसँग यसको सम्बन्ध गासिएको देखिदैन । अर्को कुरा प्रताप मल्लको छोरा वितेर मात्र शुरु भएको हो भने ललितपुर, भक्तपुर, बनेपामा नमाउनु पर्ने, अझ भनौं भने पोखरा, म्याग्दी, बाग्लुङ्गजस्ता ठाउँमा पनि मनाउनु नपर्ने हो । तर यो सबैतिर मनाइन्छ । यो शास्त्रलाई सिरोधार्य गरेर नेवाःहरु अगाडि बढाएकोले मृतकको मोक्षको नाममा मनाइन्छ ।
गरुड पुराणहरुमा गाईजात्राको प्रसंग छ । ति ग्रन्थहरु भनेको आर्यबर्तको ग्रान्थ हो । भारत वर्षको ग्रान्थ भएको नाताले त्यो नेवाःको मात्र ग्रान्थ होइन । तर नेवाःहरुले यी ग्रान्थहरुलाई आत्मसाथ गरेर अहिलेसम्म निरन्तरता दिई आएकोले नेवाःहरुको मात्र जस्तो देखियो । गैर नेवाः समुदायकाहरुका मानिसले पनि मृत्यु भइसकेपछि मोक्षको कामना गर्छन् ।
काठमाडौँ र बाहिर अलिकति के फरक छ भने काठमाडौँभित्र हलो जोत्न पाइन्न । जब हलो जोत्न नपाएपछि विशेष गरी बसाहलाई डाम्न पाइन्न । मृत्यु कर्ममा ११ वा १२ दिनमा बिर्खोसर्ग गरिन्छ । बिर्खोसर्ग गर्दाखेरि बसाहलाई त्रिशुल डामेर छाड्ने हुन्छ र त्रिशुल डामेर छोड्ने पराम्परा नै गाईजात्राको पूर्वरुप हो ।
यसरी डामेर पठाउँदा बिर्खोसर्ग गर्दाखेरि एकतर्फ बसाहलाई धेरै पीडा हुने अर्कोतर्फ बसाहलाई जिन्दगीभरि खाना पुग्ने गरी खेतहरु गौचरण छोड्नुपर्ने सामास्य र अर्कोतर्फ पशुपति क्षेत्रभित्र हलो जोत्न पनि पाइन्न । तर बिर्खोसर्ग नगरी मृतकले स्वार्गमा मोक्ष पाइन्न भन्ने बोडाइन्न तन्त्रमा लेखिएको छ ।
बिर्खोसर्ग गर्न नसकेका मानिसले गाईजात्राको दिन मानिस नै गाई बनेर प्रदर्शन गर्नले पनि बिर्खोसर्गको फल पाइन्छ भनेर लेखिएको आधारलाई मान्यता दिएको र प्राणिमाथिको हिंसाबाट माथि उठेर नेवाः समुदायले संकेतिकरुपमा गाईजात्रा मनाएको देखिन्छ । उपत्यकामा कतिपय बौद्ध समुदायका मानिसहरु पनि गाईजात्रामा मृतकको मोक्षको कामना गरिरहनु भएको छ । काठमाडौँको गाईजात्रामा दुई वटा फेरो भुईमा लटर्दै हिँड्नुपर्छ । त्यो लतारर्नु भनेको चार वटा खुट्टा बनाउनु हो । दुई खुट्टा मानिसको र दुई खुट्टा सेतो कपडाको त्यो चार खुट्टा गाईको प्रतिकको रुपमा रहेको हुन्छ । गाईजात्रा होइन यो बसाह जात्रा हो । बसाह जात्रामा जुंगा हुन्छ । यो जात्रा सबैको सद्गति र मोक्षका लागि मनाइने पराम्परा रहेको छ ।