गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बेलुका ८ बजेपछि लगाइएको सवारी सञ्चालनको रोक हटाएइकाे बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ । साथै होम डेलिभरी गर्न ८ बजेसम्म र होटल सञ्चालन ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै २५ जनासम्म एउटा काेठामा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएकाे छ ।