logo
२०८१ बैशाख २० बिहीवार

  दृश्य समाचार  



लगातारको आन्दोलनले अस्तव्यस्त बन्दै बीपी प्रतिष्ठान

पढ्नै पर्ने |
प्रदेश |


लगातारको आन्दोलनले अस्तव्यस्त बन्दै बीपी प्रतिष्ठान


सचिन पोखरेल
इटहरी, भदौ २३ गते । नेपालकै एउटा महत्वपूर्ण स्वास्थ्य संस्थाको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजसमेतको सहभागितामा शुरु भएको आन्दोलन सोमबार ८८ औं दिनमा पुगेको छ ।


भ्रष्टाचार, अनियमितता, आन्तरिक विवाद, आर्थिक दुरवस्था आदिका कारण अत्यन्तै अस्तव्यस्त बनेको प्रतिष्ठानको समग्र सुधार र शुद्धीकरण अभियान अन्तर्गत आन्दोलन दिनप्रतिदिन चर्किदै गएको छ । आन्दोलन चर्किदै गए पनि प्रतिष्ठानको समस्या समाधान गरी सुधार र शुद्धीकरण कार्यमा सरोकारवाला निकाय र सरकार जिम्मेवार नबनेको भन्दै चिकित्सकहरले प्रतिष्ठानको आकस्मिक कक्ष र कोभिड वार्ड बाहेकका अन्य सेवा पनि ठप्प पारेका छन् ।
चिकित्सकको आन्दोलनका कारण मेडिसन, सर्जरी, हाडजोर्नी, प्रसुति, नाक कान घाँटी, मानसिक रोगका सयौं बिरामीहरू बिना उपचार फर्किएका छन् । आन्दोलनका कारण प्रतिष्ठानको रेडियोलोजी विभागको सेवा पनि ठप्प भएको छ । प्रतिष्ठानको समस्या समाधानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले आन्दोलनलाइ थप सशक्त बनाउदै आइतरबादेखि इमर्जेन्सी र कोभिड अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गर्ने भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?